Home | Programs | प्रधानन्त्रीको राजिनामा तत्काल नआउने
Newsletter
Email:

प्रधानन्त्रीको राजिनामा तत्काल नआउने

Font size: Decrease font Enlarge font
image सत्तारुढ दलहरुको बैठकमा प्रधानमन्त्री सहितका नेताहरु

प्रधानमन्त्री माधवकुमार नेपालले भनें दिन तोकेर राजिनामा दिने बारेमा कुनै पनि सहमति नभएको बताउनुभएको छ । आज विहान सत्तारुढ दलहरुको बैठकमा सत्ताधारी नेताहरुको जिज्ञासामा प्रधानमन्त्रीले सहमति कायम भएपछिमात्र राजिनामा दिने कुरा भएको स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री नेपालले पाँच दिन वा सात दिनभित्र राजिनामा दिने कुनै मौखिक सहमति पनि नभएको बताउनुभयो । उहाँले माओवादी शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन ठोस प्रतिबद्धता सहित आउँछ भनें राष्ट्रिय सहमतिको सरकारको लागि बाटो खोल्ने कुरामात्र भएको बताउनुभयो ।

 बैठकपछि सत्तारुढ दलका नेताहरुले तत्काल प्रधानमन्त्रीको राजिनामा नआउने बताउनुभयो । तीन दलबीच ठोस सहमति भएमा त्यहि सहमतिका आधारमा प्रधानमन्त्रीले आफ्नो कदम चाल्ने एमाले नेता विष्णु पौडेलले बताउनुभयो ।

Subscribe to comments feed Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0