Home | Programs | तीन दलका शीर्ष नेताहरु बैठकमा
Newsletter
Email:

तीन दलका शीर्ष नेताहरु बैठकमा

Font size: Decrease font Enlarge font
image तीन दलका नेताहरुसँगको वार्तामा प्रधानमन्त्री माधवकुमार नेपाल

तीन दलबीच भएको तीन बुँदे सहमति कार्यन्वयन गर्नका लागि आज विहानैबाट तीब्र छलफल शुरु भएको छ । प्रमुख तीन दल एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच आज विहानैदेखि छलफल चलिरहेको छ । माओवादीले यसअघि भएको सहमति बमोजिम प्रधानमन्त्रीको तत्काल राजिनामा मागेको छ भनें अन्य दलले पनि सोही सहमति अनुरुप माओवादीले सेना सामायोजन लगायतका विषयमा प्रतिबद्धता मागेका छन् । संविधानसभा भवनमा तीन दलका नेताहरुबीच भएको वार्ता सकारात्मक ढंगले अघि बढेको नेताहरुले बताएका छन् ।

माओवादीले सेना समायोजनको मिति र संख्यामा सहमति जनाउने, वाइसिएलको अर्धसैन्य संरचना भंग गर्ने र द्धन्द्धकालमा कव्जा गरिएका सम्पत्ति फिर्ता गर्ने कुरामा प्रतिबद्धता जनाएमा प्रधानमन्त्रीको राजिनामा आउने बताइएको छ । प्रधानमन्त्रीलाई राजिनामा गराएर राष्ट्रिय सहमतिको सरकारका लागि बाटो खोल्ने बारेमा छलफल केन्द्रित भएको बताइएको छ ।

Subscribe to comments feed Comments (1 posted):

Bhanu R.Thapa on 08/06/2010 10:21:26
avatar
nepal ko 'SAMBIDHAN' kailai banencha??????????
Thumbs Up Thumbs Down
0

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0