Home | Programs | एनआरएनको चौथो क्षेत्रीय भेला शुरु
Newsletter
Email:

एनआरएनको चौथो क्षेत्रीय भेला शुरु

Font size: Decrease font Enlarge font
image

शुक्रबारबाट एन्आरएन्को चौथो क्षेत्रीय सम्मेलन संयुक्त राज्य अमेरीकाको टेक्सास स्टेट वेस्टचेज म्यारीट होटलमा शुरु भएको छ । सो सम्मेलन मे २८ देखि ३० सम्म सञ्चालन हुनेछ । पछिल्लो तीन क्षेत्रीय सम्मेलन कतारको दोहा, जर्मनीको बोन र थाईल्याण्डको बैङ्ककमा भएको थियो ।

यस सम्मेलनले विश्वभरका सहभागिहरुलाई एकआपसमा अन्तक्रिर्या गर्न र गैरआवासिय नेपालीहरुले कसरी नेपालको शैक्षिक, आर्थिक र प्रजातान्त्रिक क्षेत्रमा सहयोग पुर्याउन सक्छन् भन्ने विषयमा छलफल गर्न मद्दत पुर्याउनुका साथै एन्आरएन् को दोहोरो नागरीकता सम्वन्धी मागमा समेत सकरात्मक सहयोग गराउने विश्वास व्यक्त गरीएको छ । काठमाण्डौ भूकम्पीय जोखिमका दृष्टिले संवेदनशील क्षेत्र भएकाले चिकित्सा, आईटी, इन्जिनियरीङ साथै अन्य पेशासंग आवद्द एन्आरएन्हरु भूकम्पीय सुरक्षा र प्रकोप राहतसम्वन्धी रणनीति तय गर्न एकजुट भएका छन् । सम्मेलनमा पर्वतारोहीहरु पनि सहभागि भई नेपालको पर्यटन प्रवर्धन विषयमा छलफल गर्नेछन् । यसैगरी महिला हकहित, युवा, च्यारीटी कार्यक्रम, लगानी, दोहोरो नागरीकता, नेपाली साहित्य महोत्सव जस्ता एन्आरएन् र नेपालसम्वन्धी विविध विषयमा छलफल हुनेछ । नेपालमा खुला विश्वविद्यालयको संचालन महत्वपूर्ण विषय हुनेछ । गैर आवासिय नेपालीले रेमिट्यान्स र नेपालको अर्थतन्त्रमा सीधा प्रभाव पार्दछन् ।







Subscribe to comments feed Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0