आज दोस्रो गणतन्त्र दिवस मनाइदै
आज जेठ १५ गते, नेपाल राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गरेको ऐतिहासिक दिन । गणतन्त्र दिवसको अवसरमा हामी प्रवासमा रहनुभएका नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । आजभन्दा ठिक दुइ वर्षघि अर्थात २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई गणतन्त्र मुलुक घोषणा गरि राजतन्त्रको बिधिवत अन्त्य गरेको थियो । दोस्रो गणतन्त्र दिवसका अवसरमा आज बिभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् । राजधानीको टुँडिखेलस्थित सैनिक मन्चमा गणतन्त्र दिवस मनाइएको छ ।
सरकारले आयोजना गरेको सो विशेष समारोहमा राष्ट्रपति डाक्टर रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री माधवकुमार नेपाल लगायत विशिष्ठ व्यक्तिहरुको सहभागिता रहेको थियो । समारोहमा विपक्षी दलका नेता पुष्पकमल दाहाल भनें उपस्थित हुनुभएन । सो अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत बिभिन्न संघ संगठनहरुले आ आफ्ना कला कौशल पर््रदर्शन गरेका थिए । उता माओवादीले भनें आजै खुल्लामन्चमा गणतन्त्र दिवस मनाएको छ । उसले आफ्नो संबिधानको मस्यौदा समेत र्सार्वजनिक गरेको छ ।



del.icio.us
Digg



Post your comment