बिघटनबाट यसरी जोगियो संविधानसभा
प्रधानमन्त्रीले अबिलम्ब राजिनामा दिने सहमति भएपछि अन्ततः संविधानसभा असामयिक हत्याबाट हुनबाट जोगिएको छ । प्रधानमन्त्रीको राजिनामालाई प्रमुख शर्त बनाएको माओवादी र प्याकेजमै समाधानको अडानमा रहेका सत्तारुढ कांग्रेस एमालेबीच शुक्रवार मध्यरातमा मध्यमार्गी सहमति भएको थियो । तीन दलबीच भएको तीन बुँदे सहमतिपछि संविधानसभाको आयु एक वर्षथपिएको छ । तीन दलका शीरेष नेताहरु माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले हस्ताक्षर गरेको सम्झौतामा शान्ति र संविधान निर्माणका बाँकी काम मिलेर अघि बढाउने र राष्ट्रिय सहमतिको सरकारका लागि प्रधानमन्त्रीले अबिलम्ब राजिनामा दिने सुनिश्चित गरिएका छ ।
स्रोतका अनुसार प्रधानमन्त्रीले सोमवारसम्ममा राजिनामा दिनुहुनेछ । शुक्रवार विहान आठ बजेदेखि राती साँढे एघार बजेसम्म लगातार नेताहरुबीच सहमतिको प्रयास भएको थियो । संविधानसभाको आयु सकिनुभन्दा ठिक १७ मिनेटअघि संविधानसभा व्यवस्थापिका संसदको बैठक शुरु भएको थियो । सो बैठकमा माओवादी सभासद देव गुरुङले आफ्नो दलको तर्फाट यसअघि पेश भएको विरोधको सूचना फिर्ता लिई सरकारको तर्फाट पेश भएको संविधान संशोधनको प्रस्तावलाई र्समर्थन गरेपछि संविधानसभाको आयु एक वर्षलम्ब्याउने निश्चित भएको थियो । संविधानसभाको बैठकमा प्रधानमन्त्री माधवकुमार नेपालले सम्बोधन गर्ने भनिए पनि अन्त्यमा गएर सिधै मतदान गरिएको थियो । मतदानमा संविधानसभाको म्याद थप्ने पक्षमा बैठकमा उपस्थित कुल ५ सय ८५ सभासदमध्ये ५ सय ८० जनाको मत परेको थियो भनें विपक्षमा राप्रपा नेपालका चार र तमलोपाका बबन सिंहको मत परेको थियो । संविधानसभाको दर्ुइ तिहाइ बहुमतले संविधानसभाको म्याद थप्ने प्रस्ताव पारित गरेपछि संविधानसभा असामयिक निधन हुनबाट जोगिएको हो । अब दलहरुले तत्काल सहमतिमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।



del.icio.us
Digg



Post your comment