Home | Programs | संविधानसभाको भविष्य फैसला आज
Newsletter
Email:

संविधानसभाको भविष्य फैसला आज

Font size: Decrease font Enlarge font
image संविधानसभाको पहिलो बैठकमा माओवादी नेताहरुः फाइल तस्वीर

ऐतिहासिक संविधानसभाको भविष्य आज दिनभरीमा टुंगो लाग्दैछ । यदि संविधासनभाको म्याद थप्न सरकारले ल्याएको प्रस्तावमा एकीकृत नेकपा माओवादीले र्समर्थन नजनाएमा संविधानसभा स्वतः बिघटन हुनेछ र देश गम्भिर राजनीतिक र संवैधानिक संकटमा फस्नेछ । नेपाली जनताले आफ्नो संविधान बनाउनका लागि पाएको यो अवसर यदि नेताहरुले सहमति जुटाउन सकेनन् भने खेर जानेछ । संविधानसभाले आज बेलुकासम्ममा नयाँ संविधान जारी गर्नुपर्ने थियो । तर राजनीतिक दलहरुबीच कुनै पनि सहमति नहुँदा आज अन्तिम दिन पनि संविधानसभा के हुन्छ भन्ने बारेमा अन्यौल कायमै छ ।

राजनीतिक दलका शर्ीष्ा नेताहरुबीच सहमतिको प्रयास जारी रहेको छ । तर एकीकृत नेकपा माओवादीले प्रधानमन्त्रीको राजिनामा नआएमा संविधानसभाको म्याद नथप्ने निर्ण्र्ाागरिसकेको छ । आज विहान आठ बजे व्यवस्थापिका संसदको बैठक बोलाइएको भए पनि दलहरुबीच सहमतिको प्रयास भइरहेकोले गर्दा बैठक ढिला भएको छ । आजको बैठकमा प्रधानमन्त्री माधवकुमार नेपालले सम्बोधन गर्ने र अन्य नेताहरुले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले म्याद थपिएपछि राजिनामा गर्ने प्रतिबद्धता जनाएमा पनि माओवादीले अन्तिम क्षणमा संविधानसभाको म्याद थप्ने संकेत दिएको छ ।

Subscribe to comments feed Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0