एनआरएन युकेको टोली अमेरिकातर्फ
गैरअवासीय नेपाली संघको चौथो क्षेत्रिय सम्मेलन शुक्रवारदेखि संयुक्त राज्य अमेरिकाको टेक्सास्थित हक्स्टनमा शुरु हुने भएको छ । सम्मेलनले खुल्ला विश्वविद्यालयको अवधारणाई पारित गर्ने बताइएको छ । सम्मेलनमा सहभागी हुनका लागि बिभिन्न देशबाट गैरआवासीय नेपालीहरु अमेरिका पुगेका छन् । यसैक्रममा एनआरएन युकेको एक प्रतिनिधिमण्डल विहिवार अमेरिका प्रस्थान गरेको छ । एनआरएन युकेका संयोजक सूर्य गुरुङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा क्याप्टेन हितमान गुरुङ, आइसिसी सदस्य लक्ष्य गुरुङ सामेल हुनुहुन्छ ।
त्यस्तै सम्मेलन कार्यदलका लागि सुवास अधिकारी, नेपाली टिभी युकेकाका महाप्रबन्धक प्रविण गुरुङ, नेपाली टिभी युकेका बोर्ड अफ डाइरेक्टर पशुपति भण्डारी समेत सो प्रतिनिधि मण्डलमा सामेल हुनुहुन्छ । सम्मेलनमा सरकारी अधिकारीहरुलाई निम्ता दिइए पनि देशमा उत्पन्न राजनीतिक संकटका कारण कोही पनि सहभागि नहुने भएका छन् ।



del.icio.us
Digg



and every best of luck for our NRN UK friends who are attending the confrence at USA. Waiting to hear constructive outcome of your visits!
Post your comment