Home | Programs | माधवको जागिर जोगाउन म्याद नथप्ने
Newsletter
Email:

माधवको जागिर जोगाउन म्याद नथप्ने

Font size: Decrease font Enlarge font
image प्रधानमन्त्रीसँग हात मिलाउदै माओवादी अध्यक्षः सौन्जय प्रधानमन्त्री कार्यालय

यसैबीच संविधानसभामा एक तिहाइ सदस्यहरु रहेको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादीले यथास्थितीमा संविधानसभाको म्याद नथप्ने निर्णय गरेको छ । विहिवार अपरान्ह बसेको माओवादी स्थायी समितिको बैठकले माधव नेपाल सरकारको जागिर बचाउनका लागि मात्र संविधानसभाको म्याद थप्न नहुने निष्कर्षनिकालेको बैठकपछि प्रवक्ता दिनानाथ शर्माले बताउनुभयो । उहाँले राष्ट्रपति र संविधानसभा अध्यक्ष पनि संविधानसभाको म्याद नथप्ने पक्षमा रहेकाले अहिलेको अवस्था आएको दावी समेत गर्नुभयो ।

 केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष प्रचण्डले यो सरकारलाई कायम राखेर संविधानसभाको म्याद थप्नुले कुनै अर्थ नराख्ने भएकाले कठोर निर्णय लिनुपर्ने अवस्था आएको जानकारी सदस्यहरुलाई गराउनुभएको थियो । यद्यपी बैठकमा उपाध्यक्ष बाबुराम भट्टर्राईले भनें संविधानसभाको जन्मदाता माओवादीनै भएकाले यसको असामयिक हत्या गर्न नहुने तर्क गर्नुभएको स्रोतले जनाएको छ । बैठकका निर्ण्र्ााारे जानकारी दिदै माओवादी प्रवक्ता शर्माले शान्ति प्रक्रिया सुनिश्चित नभएसम्म र संविधान बन्ने निश्चित नभएसम्म म्याद नथपिने बताउनुभयो । उहाँले त्यसका लागि सबैभन्दा पहिले प्रधानमन्त्रीले राजिनामा गर्नुपर्ने अडान यथावत रहेको जानकारी समेत दिनुभयो ।

Subscribe to comments feed Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0