न्यायका लागि सोनी उच्च अदालत जाने
हङकङमा एक वर्षघि प्रहरीको गोलीबाट मारिएका नेपाली युवक दिलवहादुर लिम्बुको हत्यालाई त्यहाँका एक अदालतले कानुन सम्मत ठहर गरेको छ । त्यहाँको छानबीन सम्बन्धी कोरोनर्स कोर्टले ड्युटीमा खटिएका प्रहरीलाई आक्रमण गरिएकोले आत्मरक्षाका लागि गोली चलाउनुपरेको ठहर गरेको छ । सन् २००९ मा हङकङमा भएका चर्चित घटनाहरुमध्ये यो पनि एक भएकाले यसको फैसलाको बेला समाचार संकलनका लागि स्थानीय सन्चारमाध्यमहरुको ठूलो जमघट भएको थियो । गत वर्षमार्च १७ मा भएको सो घटनामा तीस वषिर्य नेपाली युवा लिम्बुको प्रहरीको गोलीबाट मृत्यु भएको थियो ।
यसैबीच मृतक लिम्बुकी श्रीमती सोनी लिम्बुले कोरोर्न कोर्टको फैसलाप्रति अशन्तुष्टि व्यक्त गर्दै पुनरावलोकनका लागि उच्च अदालतमा जाने बताएकी छन् । उनले न्यायका लागि अन्तिम समयसम्म लड्ने प्रतिबद्धता समेत व्यक्त गरेको नेपाली पत्रकारहरुले बताएका छन् । दिलवहादुर लिम्बु लामो समयदेखि सपरिवार हङकङमा बसोबास गर्दै आएका थिए ।



del.icio.us
Digg



Post your comment