Home | Programs | नेताहरुलाई मिल्न राष्ट्रपतिको आग्रह
Newsletter
Email:

नेताहरुलाई मिल्न राष्ट्रपतिको आग्रह

Font size: Decrease font Enlarge font
image राष्ट्रपति डा. रामवरण यादवःफाइल तस्वीर

राजनीतिक सहमतिको मिलन विन्दू पहिल्याउन राष्ट्रपति डा. रामवरण यादवले गरेको प्रयास पनि असफल भएको छ । एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुलाई शीतल निबासमा बोलाएर राष्ट्रपतिले गरेको सहमतिको प्रयास नेताहरुको आ-आफ्नै अडानका कारण असफल भएको हो ।भेटमा राष्ट्रपति यादवले सहमतिमा संविधानसभाको म्याद थप्न दलका नेताहरुलाई आग्रह गर्नुभएको थियो ।

तर एकीकृत नेकपा माओवादीले प्रधानमन्त्रीको राजीनामालाई सहमतिको लागि पहिलो सर्तको रुपमा दोहोर्‍याएपछि छलफलमा ठोस सहमति हुन नसकेको हो ।
 राष्ट्रपतिसँगको भेटपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सन्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै संविधानसभाको म्याद थपबारे छलफल भएपनि ठोस सहमति हुन नसकेको बताउनुभयो ।नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सहमतिमा संविधानसभाको म्याद थप्न राष्ट्रपतिले आग्रह गरेको जानकारी दिनुभयो । उहाँले दलहरुबीच छलफल जारी रहेकोले सहमति हुनेमा विश्वस्त रहन राष्ट्रपतिलाई आग्रह गरेको बताउनुभयो ।विहान साढे सात बजेदेखि करिब एक घण्टासम्म चलेको छलफलमा एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष खनाल र नेपाली काङ्ग्रेसका कार्यबाहक सभापति सुशील कोइराला सहभागी हुनुहुन्थ्यो ।

Subscribe to comments feed Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0