२५५४ औं बुद्ध जयन्ती मनाइदै
१३ जेठ, काठमाडौं । शान्तिका नायक गौतम बुद्धको २५५४ औं जयन्ती शान्तिको कामना गर्दै विहीबार विभिन्न कार्यक्रम गरी मनाईंदैछ । बुद्धको जन्म, ज्ञानप्राप्ती र महापरिनिर्वाण वैशाख पूर्णिमाको दिन परेकोले आजको दिन नेपाललगायत विश्वभरका बौद्ध धर्मावलम्बीहरुले अहिंसाको प्रतीक तथा बुद्धको जयन्ती मनाउने गर्दछन् ।बुद्ध जयन्तीको अबसरमा बुद्धको जन्मस्थल लुम्बिनीलगायत विभिन्न गुम्बा तथा स्तुपहरुमा दीप प्रज्वलनलगायत विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।वि.सं. २००८ जेठ आठ गतेदेखि बुद्ध जयन्तीको अवसरमा सार्बजनिक विदा दिन सुरु गरिएको थियो ।
२०१२ फागुन ७ गते सोही दिन पारेर लुम्बिनीमा हत्याहिंसा प्रतिबन्धको घोषणा गरिएको थियो ।
बुद्ध जयन्तीको अवसरमा राष्ट्रपति डा. रामबरण यादवले आज दिएको शुभकामना सन्देशमा बुद्धका सन्देशलाई जीवनपद्धती र आचरणमा सही ढंगले उतारेर एकआपसमा मैत्री एवम् करुणाको भावना फैलाई समुन्नत राष्ट्र निर्माणमा जुट्नु पर्ने खाँचो औंल्याउनु भएको छ । उपराष्ट्रपति परमानन्द झाले दिएको शुभकामना सन्देशमा बुद्धको ज्ञान र सन्देशलाई सबैले अनुसरण गर्दै आपसी सदभाव, सहिष्णुता, सहकार्य र समझदारीबाट देशका सबै समस्या समाधान गर्न सकिने उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री माधबकुमार नेपालले दिएको शुभकामना सन्देशमा जटील राजनीतिक संक्रमणको क्रममा बुद्धका ज्ञान र उपदेशको अझै महत्व बढेको उल्लेख गर्दै द्वन्द्व पछिको संक्रमणकालीन समाजमा मनैदेखिको शान्तिसहितको सुखी र सम्पन्न नेपाल निर्माणको लागि यस महान दिनले सबैलाई उत्प्रेरणा देओस् भन्नुभएको छ ।



del.icio.us
Digg



Post your comment