Home | Programs | प्रधानमन्त्रीलाई शर्त स्वीकार्य नहुने
Newsletter
Email:

प्रधानमन्त्रीलाई शर्त स्वीकार्य नहुने

Font size: Decrease font Enlarge font
image प्रधानमन्त्री माधवकुमार नेपालः फाइल तस्वीर

प्रधानमन्त्री माधवकुमार नेपालस“ग बेलायतका अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री आलम डंकनले विहिवार उहा“को निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ । भेटका अवसरमा बेलायती राज्यमन्त्री डंकनले बेलायत र नेपालका बीचमा लामो सम्बन्ध रहिआएको चर्चा गर्दै नेपालको विकासलाई महत्व दिएका कारण नै आफूले नया“ सरकार बन्नासाथ पहिलो विदेश भ्रमणमा नेपाललाई छानेको जानकारी गराउनुभयो ।

आफ्नो मुलुकले नेपालमा शान्ति स्थापना र नया“ संविधान निर्माण भएर राजनीतिक स्थिरता स्थापित भएको हर्ेन चाहेको चर्चा गर्दै उहा“ले त्यसका लागि नेपालका राजनीतिक दलहरु सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री नेपालले बेलायतले विगतदेखि नेपालको सहयोगमा पुर्‍याउ“दै आएको सहयोगका लागि धन्यवाद दि“दै आगामी दिनमा यसमा अझै विस्तार हुने विश्वास व्यक्त गर्नुभयो । राजनीतिक बेमेलका कारण निर्धारित समयमा संविधान निर्माण हुन नसकेका कारण अब दलहरुका बीचमा सहमति कायम गरी अघि बढ्नुपर्नेमा आफूले जोड दि“दै आएको चर्चा गर्दै उहा“ले त्यसका लागि लोकतन्त्रका आधारभूत मूल्य, मान्यता र विधिहरुलाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । लोकतन्त्रमा हिंसा, बलप्रयोग र जबर्जस्ती स्वीकार्य नहुने बताउ“दै उहा“ले संविधानसभाको म्याद थप्नका लागि कुनै र्सत स्वीकार्य नहुनेमा आफू दृढ रहेको बताउनुभयो । उहा“ले भन्नुभयो- 'तर दलहरुका बीचमा हुने सहमति र त्यसबाट निस्किने निष्कर्षाई आत्मसात गर्न म सधै“ तयार छु ।'उहा“हरुका बीचमा आधा घन्टा कुराकानी भएको थियो । प्रधानमन्त्री नेपालस“ग आजै युरोपेली संघका सांसदहरुको प्रतिनिधिमण्डलले सवा ११ बजे भेट्दैछ ।
 

Subscribe to comments feed Comments (1 posted):

surya on 27/05/2010 13:58:39
avatar
Mr M Nepal looser have three tricks haruwa sanga tin dau
surya
Thumbs Up Thumbs Down
0

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0