Home | Programs | खुलामन्चबाट प्रचण्डको खुल्ला चुनौति
Newsletter
Email:

खुलामन्चबाट प्रचण्डको खुल्ला चुनौति

Font size: Decrease font Enlarge font
image जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डःतस्वीर रमेश सुवेदी

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिक सर्बोच्चताको आन्दोलन अब निर्णायक मोडमा पुगेको दावी गर्नुभएको छ । उहाँले आगामी बैशाख १८ गते मे दिवसका अवसरमा काठमाडौंमा लाखौं जनता उतारेर ठूलो आन्दोलन गर्ने चेतावनी पनि दिनु भएको छ । जनआन्दोलन दिवसको अवसरमा मंगलवार काठमाडौंको शहीदमन्च टुँडिखेलमा माओवादीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले रिमोटबाट चल्ने सरकार रहेसम्म संविधान नबन्ने बताउनुभयो ।

 उहाँले दलहरुबीच एकता भएमा १ महिनामा शान्ति प्रक्रिया टुंगो लाग्ने र डेढ महिनामा संविधान बन्न सक्ने बताउनुभयो । जनसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पूर्व राजा ज्ञानेन्द्र र पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टर्राईतिर संकेत गर्दै अहिले बिभिन्न भूत प्रेतहरु सल्बलाउन लागेको भन्दै अबको आन्दोलनले तिनीहरुलाई बढार्ने बताउनुभयो । उहाँले अहिले सरकारमा गएका दलका नेताहरु शान्ति भाँड्न सक्रिय रहेको आरोप पनि लगाउनुभयो । उहाँले हाल माओवादीलाई जंगल पठाउन चाहनेहरु क्रियाशिल भएको बताउँदै अब जंगल माओवादी होइन तिनीहरुलाईनै पठाइने चेतावनी पनि दिनुभयो । उहाँले ७५ जिल्लामा फैलिएको आन्दोलन अब उठान भएको बताउनुभयो ।सोही जनसभालाई सम्बोधन गर्दै माओवादी पोलिटव्युरो सदस्य हिसिला यमीले जनताले चाहेको संविधान बनाउनका लागि अब लाखौं जनताले काठमाडौं घेरेर कव्जा गर्नुपर्ने बताउनुभयो । जनसभालाई नवप्रवेशी नेता नवराज सुवेदी, माओवादीका अर्का नेता हितमान शाक्य, चलचित्र निर्देशक युवराज लामा लगायतले सम्बोधन गरेका थिए । जनसभा शुरु हुनुअघि काठमाडौंका बिभिन्न स्थानबाट निस्किएका जुलुसहरु एकीकृत भई खुल्लामन्च प्रवेश गरेका थिए । राजधानी आसपासका क्षेत्रबाट हजारौं जनतालाई बसहरुमा ओसारिएको थियो । खुल्लामन्चको सभालाई व्यवस्थित गर्न वाइसिएल कार्यकर्ताहरु खटिएका थिए । माओवादी सभा र जुलुसका कारण मंगलवार काठमाडौंको यातायात अस्तव्यस्त बन्न पुगेको थियो । माओवादीले मंगलवार जनआन्दोलन दिवसका दिन देशैभरी सभा र जुलुसहरु आयोजना गरेको छ । उपाध्यक्ष बाबुराम भट्टर्राईले गुल्मी, अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गोरखा र महासचिव रामवहादुर थापा बादलले हेटौंडाको सभालाई सम्बोधन गर्नुभएको थियो । त्यस्तै विराटनगरमा सीपी गजुरेल, धनकुटामा टोपवहादुर रायमाझी, पोखरामा देव गुरुङ, झापामा हरिबोल गजुरेल लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

Subscribe to comments feed Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
4.00