कलेज बंक गरेर डिस्कोमा मस्ती
कलेज जान भनेर घरबाट हिडेका छोराछोरीहरु अन्तै नराम्रो काममा हिडिरहेको पनि हुनसक्छन् । नेपाल प्रहरीले शुक्रबार काठमाडौको सुन्धारास्थित बेबीलोन डिस्कोमा छापा मार्दा यस्तै दृष्य देखियो । डिस्कोमा स्कुल/कलेजकै पोशाकमा सयौं छात्र छात्रा यौनजन्य कृयाकलापमा संलग्न रहेको भेटिएका थिए । पढ्न भनेर स्कुल र कलेज गएका छात्र छात्राहरु डिस्कोमा भेटिएपछि अभिभावकहरु चिन्तित बनेका छ ।प्रहरीले छापा मार्दा अधिकांश विद्यार्थीहरु आ आफ्ना जोडी बनाएर अश्लि क्रियाकलापमा व्यस्त देखिएको एक प्रहरी अधिकारीले बताए ।
एनसीसी कलेज सुकेधारा, क्यास्पियन कलेज कुमारीपाटी, सिग्मा कलेज सोह्रखुटे, भि एस निकेतन मिनभवन, रेडन कलेज सामाखुसी, जेभियर्स कलेज लाजिम्पाट, हृवाइट हाउस कलेज बानेश्वर, प्राइम कलेज, ब्रिटिश गोर्खा कलेज बाँसबारी, युथ भिजन कलेज बालाजु, मानसिंह कलेज गोंगवु लगायतका शिक्षण सस्ंथामा अध्ययनरत तीन सय विद्यार्थीलाई प्रहरीले त्यहाँबाट नियन्त्रणमा लिएको छ । नियन्त्रणका लिएका विद्यार्थीलाई अभिभावकको जिम्मा लगाई सचेत गराएर छाडिएको छ भनें डिस्को सन्चालक सुवास पालुङ्गामाथि कारवाही चलाइने भएको छ ।



del.icio.us
Digg



buddhi
Barcelona
Spain
Today's teenagers are going really high for the entertainment..this should be controlled.
Post your comment