समायोजनबारे सेनाले मुख खोल्यो
काठमाडौं, २८ फागुन । माओवादी लडाकुहरुको समायोजनका बारेमा विवाद चलिरहेको बेला नेपाली सेनाले लडाकुहरुको समूहगत समायोजन अमान्य हुने स्पष्ट पारेको छ । राजनीतिक दलहरु र माओवादीबीच सेना समायोजनका बारेमा विवाद चलिरहेको बेला नेपाली सेनाले पहिलो पटक आफ्नो धारणा स्पष्ट पारेको हो । नेपाली सेनाका प्रधान सेनापति छत्रमान सिंह गुरुङले माओवादी लडाकुहरुलाई सेनामा समायोजन गर्नभन्दा अन्त व्यवस्थापन गर्नुपर्नेमा जोड दिदै यदि समायोजननै गर्ने हो भने पनि व्यक्तिगत रुपमा मापदण्ड पुगेकालाई मात्र गर्न सकिने बताउनुभएको छ ।
राष्ट्रसंघीय उपमहासचिव बी लिन पास्कोसँगको भेटमा सेनापति गुरुङले माओवादी लडाकुहरु राजनीतिक कार्यकर्ता भएकाले उनीहरुलाई सेनामा समायोजन गर्दा नेपाली सेनानै विभाजित हुने र त्यसले राष्ट्रलाईनै विखण्डन गर्नेतर्फसचेत हुनुपर्ने बताउनुभयो । सैनिक मुख्यालयमा भएको भेटमा पास्कोले कति हजार माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्न सकिन्छ भनेर प्रश्न गर्नुभएको थियो । जवाफमा सेनापति गुरुङले माओवादीले ७ हजार लडाकुलाई शान्ति कालमा बढाएर १९ हजार पुर्याएको शक्तिखोर भिडियोबाटै स्पष्ट भइसकेको भन्दै उनीहरुलाई समूहगत रुपमा समायोजन गर्नै नहुने बताउनुभयो । माओवादी लडाकुहरुलाई डर त्रास र प्रलोभनबाट टाढा राखी व्यक्तिगत रुपमा उनीहरुको इच्छा के छ सोही अनुसारको काम दिएमा समायोजन गर्नुपर्ने सेनाको संख्या अत्यन्त कम हुने ठहर पनि सेनाले उपमहासचिवलाई सुनाएको छ । सेनाले समायोजनपर्ूव वृहत राजनीतिक सहमति हुनुपर्ने बताएको छ ।
- कार्ड किन्न पर्ने
- कलेज बंक गरेर डिस्कोमा मस्ती
- अरबी घरमालिकको दुर्व्यवहार र शारिरीक शोषण खप्न नसकेर २ नेपाली चेली कतारस्थित नेपाली दूतावासको शरणमा
- समायोजनबारे सेनाले मुख खोल्यो
- अमेरिकामा पनि कटवालको ललकार



del.icio.us
Digg



surya
Well concep Gen. Gurung. Please follow the footsteps of ex Army Chief Gen. Katwal.
jun kura tapaile garnu vo tyo ekdam ram-
ro 6.tyasaile never do like this big
misteck .kina ki yadi maobadilai sena
ma samyojan garnu nai nepal desh ko anta
hune6.kinaki yadi maobadi jantako parti
ho vane kina usalai sena chahiyo aru
pani kayou parti 6an tar kasailo yasto
sena 6aina ta ? tyasaile maobadi vaneko
vaduwa ho ..e niharu bhaneko pidaluma
lagne khoiro kida hun jasari ak kidale
garda sabai pidalu ahru kuwai din6 tya-
sai gari e niharulai senama samyojan
garyo vane deshai sadai din6..tyasaile
yasto vul kahile pani nagrnu hola pradh-
an sena pati jyu......thank you....
Post your comment