Home | Programs | एमालेका ओली पक्षलाई जिम्मेवारी
Newsletter
Email:

एमालेका ओली पक्षलाई जिम्मेवारी

Font size: Decrease font Enlarge font
image

नेकपा एमालेले पार्टीभित्रको विवाद मिलाउन नेताहरुको कार्य विभाजनमा हेरफेर गरेको छ । केपी ओली पक्षले कार्यविभाजनमा पक्षपात भएको आरोप लगाइरहेका बेला विहिवारको केन्द्रीय समिति बैठकले ओली पक्षधर केही नेताहरुलाई नयाँ जिम्मेवारी दिएको हो । बैठकमा महासचिव इश्वर पोखरेलले नेताहरुको नयाँ कार्यविभाजन पेश गर्नुभएको थियो । नयाँ कार्यविभाजन अनुसार यसअघि अध्यक्ष झलनाथ खनाल प्रमुख रहेको पार्टी स्कूल विभागको प्रमुखमा ओली पक्षका पोलिटव्युरो सदस्य बेदुराम भुषाललाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै महासचिव इश्वर पोखरेल प्रमुख रहेको प्रचार विभागमा ओली पक्षका पोलिटव्यूरो सदस्य प्रदीप ज्ञवालीलाई ल्याइएको छ । त्यस्तै संसदीय विभाग प्रमुख र उपनेतामा विष्णु पौडेललाई केन्द्री कमिटीको तर्फाट महासचिव पोखरेलले प्रस्तुत गरेपछि बैठकले अनुमोदन गरेको छ । बैठकले अन्य नेताहरुको पनि कार्यविभाजनमा परिवर्तन गर्ने बताइएको छ ।

Subscribe to comments feed Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0