पारसलाई पर्खिदा हिमानीको प्रवेश
काठमाडौं, २७ फागुन । फागुन २६ गते बुधवार, टेलिभिजन पत्रकार र फोटो पत्रकारहरु संयुक्त राष्ट्रका राजनीतिक मामिला सम्बन्धी उपमहासचिव बी लीन पास्कोको आगमनको समाचार तथा तस्वीर लिनका लागि त्रिभुवन अन्तर्रर्ााट्रय विमानस्थलमा जम्मा भएका थिए । नेपाली टेलिभिजन युकेका मात्रिका पौडेल र मोहन थापा, कान्तिपुर टिभीका हरहरी उपाध्याय र बिनिता रिजाल, इमेजका शरस्वती कर्माचार्य र लक्ष्मण डंगोल, फोटो पत्रकार किरण पाण्डे, राम हुमागाइ लगायत करीव डेढ दर्जन पत्रकारहरु विमानस्थलको भिभिआइपी आगमन गेट अगाडि जम्मा भइसकेका थिए ।
पास्को आउनुपर्ने दर्ुइ बजे थियो तर साँढे दर्ुइबजेमात्र पास्को आइपुग्ने जानकारी अनमिनका मिडिया प्रमुख कसमस विश्वकर्माले दिए । पास्कोलाई लिनका लागि अनमिन प्रमुख करिन ल्याण्डग्रेन झण्डावाल गाडी सहित विमानस्थलमा पुगिसेकेकी थिइन् जुन गाडीमा पास्कोलाई लगिदै थियो । यत्तिकैमा एउटा पहेलो रंगको रेन्ज रोभर जीप अगाडी सशस्त्र प्रहरी र पछाडि कारगेडको सुरक्षा सहित सोही स्थानमा आइपुग्यो । पत्रकारहरु जिज्ञासु हुनु पेशागत धर्मनै हो । कसलाई लिन आयो भन्दै सोधखोज गर्दा त्यो गाडी पर्ूव युवराज पारस शाहलाई लिन आएको जानकारी पाइयो । पशुपतिको जात्रा स्रि्राको व्यापार भने जस्तै पास्को र पारसको आगमनसँगै परेकाले दुवैको आगमनलाई समाचार बनाउने र दृष्यमा कैद गर्ने ठहर सहित सबै पत्रकारहरु तम्तयार भएर बसे । रिपोर्टरहरुले आ आफ्ना क्यामेरा पर्सनलाई पारस आउदै छन्, तयारी हालतमा बस्नु भन्ने निर्देशन पनि दिए । यसैबीचमा पास्को आए र छोटो प्रतिक्रिया दिएर आफ्नो बाटो लागे । तर पत्रकारहरु भनें अब पारसलाई आज केही प्रश्न गर्ने भन्दै बसे । अन्य रिपोर्टिङ छाडेर पारसलाई प्रश्न सोध्न बसेका पत्रकारहरु २० मिनेट बस्दा पनि पारस नआएपछि फेरि सोधीखोजी शुरु भयो । एकजना पत्रकारले सैनिक प्रहरीलाई सोध्दा पो थाहा भयो, पारस होइन पारस पत्नी हिमानी शाह पो आउदै रहिछन् भारत माइती बसाइपछि । यसअघि सशस्त्र प्रहरीले पारस आउने जानकारी दिएकाले पत्रकाहरु पारसको पर्खाइमा थिए । सशस्त्र र सेनाका सुरक्षाकर्मीबीच पर्ूव दरवारमा अझै पनि सूचनामै समेत भेदभाव गरिदो रहेछ भन्ने गतिलो उदाहरण थियो त्यो । तै पनि यत्रो बेर बसेपछि हिमानीकै तस्वीर भने पनि लिने भनेर स्टिल फोटो पत्रकारहरु भनें त्यहिँ बसेर उनको आगमनको तस्वीर लिन भ्याए, तर टेलिभिजन पत्रकारहरु भनें अर्को रिपोर्टिङ छुट्यो भन्दै टाप कसे । यसरी पत्रकारहरुनै गलत सूचनाको शिकार भएर त्रिभुवन विमानस्थलमा एक घण्टा अलमलिए ।



del.icio.us
Digg



Post your comment