हतास गिरिजाबाबु आफन्तको पर्खाइमा
नेपाली कांग्रेसका सभापति एबं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वास्थ्यस्थिती स्थिर रहेको चिकित्सकहरुले बताएका छन् । कोइरालालाई थप उपचाकरो लागि नयाँ दिल्ली लैजाने योजना भने तत्कालको लागि स्थगित भएको छ । कोइराला आफैंले पनि उपचारका लागि भारत नजाने आशय प्रकट गरेपछि उहाँलाई निवासमै उपचार गरिने कोइरालाका निजी चिकित्सक डाक्टर अर्जुन कार्कीले बताउनुभयो । कोइरालाको अवस्थाका बारेमा बुधवार बिभिन्न अफवाहहरु फैलाइए पनि राष्ट्रसंघका उपमहासचिवसँगको भेटको दृष्य सन्चारमाध्यमहरुमा आएपछि कोइराला चिन्ताजनक अवस्थामा नपुगेको स्पष्ट भएको छ ।
यद्यपी ८६ वषिर्य बयोवृद्ध नेता कोइराला अक्सिजनबिना सास फर्ेन सक्ने अवस्थामा भनें हुनुहुन्न । उहाँलाई नियमित रुपमा अक्सिजन दिइएको छ । निजी सहयोगी गोकर्ण पौडेल, शेखर थापा र निजी अंगरक्षक महेन्द्र मरासिनीले कोइरालाको नियमित रेखदेख गरिरहेका छन् । विहीवार छोरी सुजाता आए पनि उहाँ नियमित रुपमा बुबाको रेखदेखमा भनें बस्ने नगरेको कोइराला परिवारले जनाएको छ । पछिल्लो समयमा निकै हतास बन्न थाल्नुभएका कोइरालाले आफन्तहरुको खोजी गर्न थाल्नुभएको छ । उहाँकी छोरी सुजाता काठमाडौं आइपुग्नुभएको छ भनें नातिनी मेलिनी जेनेभामा हुनुहन्छ । भतिजा शशांक, प्रकाश र श्रीहर्षविराटनगर पुगेका छन् भनें शेखर कोइराला काठमाडौंमै हुनुहन्छ । अर्का भतिजा एमाले नेता कमल कोइराला भनें कोरियाको राजदूत हुनुहुन्छ । त्यस्तै नातिनी अभिनेत्री मनिषा कोइराला मुम्बइबाट फर्किनुभएको छ ।
- कार्ड किन्न पर्ने
- कलेज बंक गरेर डिस्कोमा मस्ती
- अरबी घरमालिकको दुर्व्यवहार र शारिरीक शोषण खप्न नसकेर २ नेपाली चेली कतारस्थित नेपाली दूतावासको शरणमा
- समायोजनबारे सेनाले मुख खोल्यो
- अमेरिकामा पनि कटवालको ललकार



del.icio.us
Digg



Post your comment