Home | Programs | धेरै सोच्ने बानीले नेपाल बिग्रियो
Newsletter
Email:

धेरै सोच्ने बानीले नेपाल बिग्रियो

Font size: Decrease font Enlarge font
image त्रिभुवन अन्तर्रर्ााट्रय विमानस्थलमा सुजाता कोइराला

काठमाडौं, २७ फागुन । नेपालीहरु किन पछाडि परेका होलान - नेपाल किन बिग्रिएको होला - यसको आ आफ्नै प्रकारको विश्लेषण हुनसक्छ उपप्रधानमन्त्री एबं परराष्ट्रमन्त्री सुजाता कोइरालाले भनें धेरै सोच्ने भएर नेपाल र नेपालीले विकास गर्न नसकेको ठहर गर्नुभएको छ । करीव दश दिन लामो युरोप भ्रमणपछि विहिवार स्वेदश फर्किनुभएकी उपप्रधानमन्त्री कोइरालाले धोरै सोच्दा सोच्दै नेपाल पछाडि परेको बताउनुभयो । मेसिन रिडेबल पासपोर्ट, एमआरपी भारतमा छपाउने आफ्नो योजनामा प्रधानमन्त्री र अन्य दलहरु असहयोगी भएपछि आक्रोशित बन्नुभएकी कोइरालाले सोच्दा सोच्दै नेपाल पछि परेको बताउनुभयो ।

 भारतमा पासपोर्ट छपाउन दिदा देशै बेच्न थाले जस्तो गरि आफ्नो विरोध भएकोमा आक्रोश व्यक्त गर्दै कोइरालाले यस्तै धेरै सोच्ने बुद्धिकै कारण जलस्रोतको विकास पनि हुन नसकेको टिप्पणी गर्नुभयो । उहाँले मेसिन रिडेबल पासपोर्ट भारतमै छपाउनुपर्ने आफनो अडान दोहोर्‍याउँदै यसबाट भारतसँग अरु विषयमा पनि फाइदा लिन सकिने बिचार व्यक्त गर्नुभयो । कोइरालाले भारत रिसायो भने नेपाललाई धेरै घाटा पर्ने चेतावनी समेत सो अवसरमा दिनुभयो । आफ्ना पिता गिरिजाप्रसाद कोइराला सिकिस्त विरामी भएको बेला बिदेश भ्रमणमा जानुभएकी परराष्ट्रमन्त्री कोइरालाले अहिले गिरिजाबाबुको स्वास्थ्य स्थिती सामान्य रहेको जानकारी दिनुभयो । उहाँले बुढो मान्छेको स्वास्थ्यमा उतार चढाव आइरहने बताउनुभयो ।

Subscribe to comments feed Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0