नेपाली नेताहरु विरुद्ध खनिए पास्को
२७ फागुन, काठमाण्डौ । नेपाल भ्रमणमा रहेका राष्ट्रसंघीय राजनीतिक मामिलाका उप-महासचिव बीलीन पास्कोले शिविरमा रहेका एकीकृत नेकपा माओवादीको लडाकुको विवरण दिन नमिल्ने स्पष्ट पार्नुभएको छ । नेपाल नीति तथा अध्ययन केन्द्रले विहीबार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा पास्कोले सरकारले अनमिनसँग शिविरमा रहेका लडाकुको विवरण मागेको प्रसंगमा लडाकुको संख्या दिन नमिल्ने भन्दै गोप्य रहने प्रष्ट पार्नुभयो ।
उहााले भन्नुभयो ‘दुबै पक्षको सहमति अनुसार नै विवरण गोप्य राख्नुपर्छ, अनमिनले त्यसलाई इमान्दार भएर पालन गरेको हो ।’सरकारले शिविरमा रहेका लडाकुको संख्याबारे अनमिनसंग ताकेता गरीरहेको बेला पास्कोको यस्तो भनाई बाहिर आएको हो । उहााले विश्वले नेपालको शान्ति प्रक्रिया खलबलिएको विश्लेषण गरिरहेको भन्दै विगतमा भएको प्रतिवद्धताको सम्मान गर्न पनि नेपालका राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो । अनमिनको कार्यक्षमता तथा अनमिनकै कारण नेपालको शान्ति प्रक्रिया खल्बलिएका जस्ता टिप्पणी भ्रामक रहेको उहााको भनाई थियो ।
उहाँले राजनीतिक दलहरुले आˆनो कमजोरी ढाक्न अनमिनलाई दोष दिन नमिल्ने समेत बताउनुभयो । उहााले कुनै पनि देशको सेना निश्चित प्रजातान्त्रिक मान्यताभित्र चल्नुपर्ने भन्दै अनमिनको म्याद थप्ने या नथप्ने विषय सोचनीय मोडमा पुगेको बताउनुभयो ।
पास्कोले अनमिनलाई विवादमा ल्याईरहादा अब यो संस्था नेपालमा रहने या नरहने भन्ने विषयमा राष्ट्रसंघीय सुरक्षा परिषद् सोच्न पनि बाध्य हुने बताउनुभयो । अनमिनको म्याद आगामी जेठ १ गते सकिादैछ ।



del.icio.us
Digg



Post your comment