उपराष्ट्रपतिको खर्च सरकारले नदिने
काठमाडौं, २६ फागुन । उपराष्ट्रपति परमानन्द झाले पर्सिदेखि गर्ने भारत तीर्थयात्राको खर्च सरकारले नव्यहोर्ने भएको छ । सिंहदरवारमा बुधबार विहान बसेको मन्त्रिपरिषद बैठकले निजी भ्रमण भएकाले खर्च नव्यहोर्ने निर्णय गरेको हो । बैठकपछि पर्यटनमन्त्री शरदसिंह भण्डारीले उपराष्ट्रपतिका सुरक्षा गार्ड र सहयोगी कर्मचारीहरुको खर्च भने सरकारले व्यहोर्ने बताउनुभयो । उपराष्ट्रपति झा शुक्रवारदेखि तीर्थाटनका लागि भारत जाँदै हुनुहुन्छ । उहाँको यात्राको खर्च उपराष्ट्रपति कार्यालयले मागे पनि सरकारले नदिने निर्णय गरेको हो ।
बैठकले सबै श्रेणिविहीन कर्मचारीको सुविधा थप गर्ने निर्णय पनि गरेको छ ।
बरिष्ठ पत्रकार सम्मान अक्षय कोष स्थापना गर्ने निर्देशिका, द्वन्द्वपीडित पत्रकारीता कल्याणकोष निर्देशिका र सूचना प्रविधि नीति २०६६ बैठकले पारित गरेको छ ।यसैगरी सहिदको परीभाषाका लागि गठित कार्यदलको म्याद थप गर्ने पनि बैठकले निर्णय गरेको मन्त्री भण्डारीले जानकारी दिनुभयो ।
- कार्ड किन्न पर्ने
- कलेज बंक गरेर डिस्कोमा मस्ती
- अरबी घरमालिकको दुर्व्यवहार र शारिरीक शोषण खप्न नसकेर २ नेपाली चेली कतारस्थित नेपाली दूतावासको शरणमा
- समायोजनबारे सेनाले मुख खोल्यो
- अमेरिकामा पनि कटवालको ललकार



del.icio.us
Digg



Post your comment