कोइराला सिकिस्त, नयाँ दिल्ली लगिने
काठमाडौं, २६ फागुन । नेपाली कांग्रेसका सभापति एबं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वास्थ्यमा गम्भिर समस्या देखिएको छ । लामो समयदेखि फोक्सोको समस्या झेल्दै आउनुभएका कोइरालालाई मंगलवारदेखि रोगले च्यापेर सिकिस्त हुनुभएको बताइएको छ । कोइरालालाई अहिले चौबिसै घण्टा अक्सिजन दिएर राखिएको कोइरालाको पारिवारीक स्रोतले जनाएको छ । गम्भिर बन्दै जानुभएका कोइरालालाई तत्कालै भारतको नयाँ दिल्लीमा थप उपचारका लागि लैजाने तयारी भइरहेको छ ।
हाल युरोप भ्रमणमा रहनुभएकी कोइरालापुत्री एबं उपप्रधानमन्त्री सुजाता कोइराला स्वदेश फर्किएपछि दिल्ली लैजाने बताइएको छ । कोइरालाको स्वास्थ्य अबस्था छिनछिनमै कहिले सुधार त कहिले जटिल हुनेगरेको छ । तीन दिनयता कोइरालालाई उहाँकै निबासमा चौबिसै घण्टा अतिरिक्त अक्सिजन दिएर राखिएको छ ।स्वास्थ्य अबस्थाबाट चिन्तित काङ्ग्रेस नेता तथा कार्यकर्ता कोइराला निवास महाराजगन्जमा भेला हुने गरेका छन् ।



del.icio.us
Digg



Post your comment