संविधानसभा अगाडि नागरिक खबरदारी
काठमाडौं, २५ फागुनसमयमै संविधान जारी हुनुपर्ने माग गर्दै नागरिकहरुले संविधान सभास्थल बानेश्वरमा मंगलवार धर्ना र नागरिक सभा मार्फ खबरदारी गरेका छन् । उनीहरुले तोकिएको समयमै संविधान जारी हुनुपने माग गर्दै यसअघि पनि पटक पटक धर्ना र जुलुसहरु गर्दै आएका छन् । मंगलबार दिउँसो २ बजेदेखि शुरु भएको धर्ना र खबरदारी सभामा बिभिन्न जिल्लाबाट आएका नागरिकहरु पनि सहभागी भएका थिए । संविधानसभाले संविधान जारी गर्ने कार्यतालिका दशौं पटक संशोधनका लागि बैठक बस्नुअघि नागरिकहरुले सभा भवन अगाडि धर्ना दिएका थिए ।
धर्नाका सहभागीहरुले राजनीतिक दलहरुलाई शान्ति प्रकृया टुङ्गोमा पुर्याउन र तोकिएकै समयमा जनादेश अनुरुपको अग्रगामी तथा मानव अधिकार सम्मत संविधान जारी गर्न धर्नामा बसेको जानकारी दिएका थिए । धर्नामा तेस्रो लिंगीहरुको पनि सहभागिता थियो । धर्नामा नागरिक अगुवा देवेन्द्रराज पाण्डेलगायतले नेतृत्व गरेका थिए । धर्ना र खबरदारी सभालाई सम्बोधन गर्दै नागरिक समाजका अगुवा पाण्डेले माओवादीले सत्ता कव्जा गर्ने धम्की दिएर दक्षिणपन्थीहरुलाई गलत कदम चाल्न सहयोग पुर्याएको भन्दै आलोचना गर्नुभयो । उहाँले माओवादी लगायत अन्य राजनीतिक दल र मधेशवादी दलहरुले नागरिकलाई धोखा दिइरहेको आरोप समेत लगाउनुभयो । धर्नाकै क्रममा गायिका मधु गुरुङ र रमा ढकाल तथा नेकपा एमालेका सभासद गोपाल ठाकुरले गीतमार्फ खबरदारी गरेका थिए । सभामा तेस्रो लिगी भूमिका श्रेष्ठले तेस्रो लिंगीलाई नागरिकता नदिएर सरकारले सर्बोच्च अदालतको खिल्ली उडाएको बताए ।
- कार्ड किन्न पर्ने
- कलेज बंक गरेर डिस्कोमा मस्ती
- अरबी घरमालिकको दुर्व्यवहार र शारिरीक शोषण खप्न नसकेर २ नेपाली चेली कतारस्थित नेपाली दूतावासको शरणमा
- समायोजनबारे सेनाले मुख खोल्यो
- अमेरिकामा पनि कटवालको ललकार



del.icio.us
Digg



Post your comment