क्रिकेटका नायकहरु भैरहवामा सम्मानित
मनोरञ्जन शर्मा भैरहवा,२५फागुन । दुई हप्ता अघि काठमाडौंमा सम्पन्न आईसीसी वल्र्ड लिग डिभिजन ५ ,२०१० प्रतियोगितामा बिजयी नेपाली टोली सदस्यहरु मध्ये क्षेत्र नम्बर ४ भैरहवाका चारजना क्रिकेटर र टिमका सहायक प्रशिक्षकलाई आज भैरहवामा सम्मान गरीएको छ । उक्त प्रतियोगिता भरी उत्कृष्ट प्रदर्शन गरी आफुहरुलाई नायकका रुपमा उभ्याउन सफल खेलाडीहरु शक्ति गौचन, बसन्त रेग्मी, राहुल कुमार बिक, अमृत भट्टराई र नेपाली टिमका सहायक प्रशिक्षक जगत टमाटालाई क्षेत्रिय क्रिकेट विकास समिति क्षेत्र नम्बर चार भैरहवा र जिल्ला क्रिकेट संघ रुपन्देहीले आयोजना गरेको संयुक्त कार्यक्रममा नगद पुरस्कार सहीत सम्मानित गरीएको हो ।
सिद्धार्थनगर नगरपालिकाको सभा हलमा आयोजित सम्मान समारोहमा सहभागी खेलाडी तथा सहायक प्रशिक्षकलाई प्रमुख अतिथी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झा ,क्षेत्रिय अध्यक्ष तथा क्रिकेट संघका केन्द्रीय सदस्य प्रेम कुमार सेन्चुरी ,जिल्ला बिकाश समिती रुपन्देहीका स्थानिय बिकाश अधिकारी तारा बहादुर कार्कि ,शिद्धार्थनगर नगर पालिकाका निमित्त प्रमुख गणेश बहादुर क्षेत्री ,उद्योगपति ऋषिकेश अग्रवाल र सिमा सुरक्षाबल रुपन्देहीका प्रमुख तथा शशस्त्र प्रहरी उपरीक्षक दिपक थापा लगायतले जनही २० हजार नगद र सम्मानपत्र सहीत पुरस्कृत गरेका थिए ।
दुई हप्ता अघि काठमाण्डौमा सम्पन्न प्रतियोगितामा नेपाली टोलीमा भैरहवाका चार खेलाडीहरु रहेको र सबैले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
सोही कार्यक्रममा आईसीसी वल्र्ड लिग डिभिजन ५ मा अम्पाएरको भुमिका निर्बाह गर्ने रुपन्देहीका सन्जय गुरुंगलाई पनि सम्मानित गरीएको थियो ।
क्षेत्रिय क्रिकेट बिकाश संघ क्षेत्र नम्बर ४ भैरहवाका अध्यक्ष प्रेम कुमार सेन्चुरीको सभापतित्व सचिब बसन्त शाहीको संचालनमा भएको कार्यक्रममा प्याब्सनका बरीष्ठ उपाध्यक्ष तथा मदन भण्डारी स्पोर्टस एकाडेमी रुपन्देहीका अध्यक्ष ज्ञानदेब हटुवाल,दिपक क्षेत्री न्यौपाने, ओमकार गौचन, शशस्त्र प्रहरी परीक्षक दिपक थापा,ऋषिकेश अग्रवाल,गणेश बहादुर क्षेत्री,जुम्मन मुसलमान,बसन्त रेग्मी,तारा बहादुर कार्कि,रमेश थापा लगायतले मन्तब्य राख्दै राष्ट्रको नाम राख्ने खेलाडीहरुलाई सम्मान गरेर मात्र नहुने र भबिश्यका लागी सुखद बाटाहरुको पहीचान गरी सरकारले उचित ब्यबस्था गर्नु पर्ने बताएका थिए ।
।
- कार्ड किन्न पर्ने
- कलेज बंक गरेर डिस्कोमा मस्ती
- अरबी घरमालिकको दुर्व्यवहार र शारिरीक शोषण खप्न नसकेर २ नेपाली चेली कतारस्थित नेपाली दूतावासको शरणमा
- समायोजनबारे सेनाले मुख खोल्यो
- अमेरिकामा पनि कटवालको ललकार



del.icio.us
Digg



Post your comment