उपराष्ट्रपति झाको बदलिदो अनुहार
उपराष्ट्रपति परमानन्द झाले हिमाल, पहाड र तराइको समान विकास नगरेसम्म देश सम्बृद्ध नहुने भएकाले अब तेरो मेरो नभनी सबै क्षेत्रका विकासमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । यसअघि आफुलाई मधेशी जताले उपराष्ट्रपति बनाएको बताउने उपराष्ट्रपतिले पछिल्लो समयमा आएर आफूलाई पहाड र हिमालका जनताको पक्षमा उभ्याउन खोज्नुभएको विश्लेषण गरिएको छ । आइतवार र सोमवार पोखरामा आयोजित बिभिन्न कार्यक्रममा सहभागी बन्नुभएका उपराष्ट्रपतिले तराइको तुलनामा पहाड र हिमालका जनता भौतिक विकासमा धेरै पछाडि रहेको बताउनुभयो ।
तराइका जनताले सडक बाटो, बिजुली, अस्पताल र शिक्षण संस्थाहरु सबैको
सुबिधा पाएर पनि पहाडका जनताले जस्ता आफूलाई शिक्षित बनाउन नसकेको बताउँदै उहाँले अब पहाड र हिमाललाई पनि समान अवसर
दिनुपर्ने बेला आएको बताउनुभयो । जेठ १४ मा संविधान जारी नभए देश भयावह अवस्थामा पुग्ने बताउँदै उहाँले दलहरुलाई स्वार्थ त्यागेर
जनताको पक्षमा एकढिक्का हुन आग्रह पनि गर्नुभयो । उहाँले आफू हिमाल, पहाड र तराइको समान अधिकारको पक्षमा रहेको स्पष्ट पार्नुभयो ।
- कार्ड किन्न पर्ने
- कलेज बंक गरेर डिस्कोमा मस्ती
- अरबी घरमालिकको दुर्व्यवहार र शारिरीक शोषण खप्न नसकेर २ नेपाली चेली कतारस्थित नेपाली दूतावासको शरणमा
- समायोजनबारे सेनाले मुख खोल्यो
- अमेरिकामा पनि कटवालको ललकार



del.icio.us
Digg



Post your comment