Home | Programs | यो सरकार कुहिएको फर्सी जस्तै
Newsletter
Email:

यो सरकार कुहिएको फर्सी जस्तै

Font size: Decrease font Enlarge font
image

एकीकृत नेकपा माओवादीका अध्यक्ष एबं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार कुहिएको फर्सी हो भन्नुभएको छ । उहाँले कुहिएको फर्सीले अरुलाई पनि दुर्घन्धित पार्छ भन्दै वर्तमान सरकार नढालेसम्म संविधान जारी नहुने समेत बताउनुभएको छ । एक सयौं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सोमवार काठमाडौंको खुल्ला मन्चमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कुहिएको फर्सी खस्नमात्र बाँकी रहेको बताउनुभयो ।

उहाँले प्रति क्रान्तिकारी शक्तिहरुले माओवादी विरुद्ध नेपाली सेनालाई भड्काउन खोजेको अरोप लगाउँदै माओवादीले सत्ता कव्जा गर्दैछ भन्ने हल्लाको पछि नलाग्न पनि सबैलाई आग्रह गर्नुभयो ।
उहाँले आवश्यकता परेमा सडकबाटै नयाँ संविधान बनाउनका लागि तयार रहन आम जनतालाई आव्हान समेत गर्नुभयो ।
अध्यक्ष प्रचण्डले यदि जेठ १४ गते संविधान जारी भएन र शान्ति प्रक्रिया भाँडियो भनें माओवादीले जनविद्रोह गर्ने र त्यस विद्रोहलाई
दुनियाँको कुनै पनि ताकतले रोक्न नसक्ने चेतावनी समेत दिनुभयो । उहाँले माओवादी शान्ति र संविधानकै पक्षमा रहेको दावी पनि गर्नुभयो ।
आमसभालाई सम्बोधन गर्दै माओवादी पोलिटव्युरो सदस्य हिसिला यमीले नेपाली महिलाले संसारका अरु महिलाभन्दा बढी संघर्ष गरेको बताउनुभयो ।
माओवादी सम्बद्ध अखिल नेपाल महिला संघ क्रान्तिकारीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजना गरको सो आमसभामा
माओवादी जनयुद्धको बेला गोर्खा जेल ब्रेक गर्ने चार जना महिलाहरुलाई अभिनन्दन समेत गरिएको थियो ।
कार्यक्रममा बिभिन्न जिल्लाबाट आएका महिला कार्यकर्ताहरुले आ आफ्नो समुदायको झाँकी प्रदर्शन गरेका थिए ।

Subscribe to comments feed Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0