प्याव्सन अध्यक्षमा राजेश खड्का बिजयी
भैरहवा, २४ फागुन । निजी तथा आबासिय बिद्यालय अर्गनार्इजेशन नेपाल प्याब्सनको दशौ महाअधिबेशनले अध्यक्ष पदमा पुर्ब अध्यक्ष समेत रहनु भएका जेम्स स्कुल ललितपुरका राजेश खडका लार्इ सर्बसम्मत तथा निर्बिरोध चयन गरेको छ । मनोनयन को अन्तिम समय सम्म अन्य कसैले अध्यक्ष्मा दाबी नगरे पछी खडका निर्बिरोध हुनु भएको हो । मनोनयन दर्ता भन्दा १ घन्टा अघि सम्म बर्तमान अध्यक्ष्ा भोज बहादुर शाहले समेत अध्यक्ष्ामा उम्मेदवारी दिने बतार्इएता पनि अन्तिम समयमा भने उहाले उम्मेदवारी दिनु भएन्।
दिन भरी जसो सहमतीका लागी भएको प्रयास असफल भएता पनि अन्तिम समयमा आएर अध्यक्ष्ा पदका लागी सहमती जुटेको हो । त्यस्तै गरी बरीष्ठ उपाध्यक्ष्ा पदमा सनसार्इन उच्च माबि रुपन्देहीका ज्ञानदेब हटुवाल निर्बिरोध निर्बाचित हुनु भएको छ । प्रत्यासीहरु सुर्योदय आबासिय माबि काठमाण्डौका लक्ष्य बहादुर केसी र सिपियस उच्च माबि ललितपुरका बि एन शर्माले बरीष्ठ उपाध्यक्ष्ा पदबाट उम्मेदवारीको मनोनयन फिर्ता लिए पछी हटुवाल निर्बिरोध हुनु भएको हो । त्यस्तै उपाध्यक्ष्ाहरुमा पुर्बाञ्चलबाट एभरेष्ट र्इग्लींस बोर्डिंग स्कुल मोरंगका टीका राम पुरी,मध्यमाञ्चलबाट नोबल उच्च माबि धनुष्ााका सरोज कुमार राय,पश्चिमाञ्चलबाट लिटिल एन्जल्स नवलपरासीका सुमन गोपाल आचार्य,मध्य पश्चिमाञ्चलबाट बालज्योती आबासिय माबि बाँकेका टिकाराम सुबेदी,सुदुर पश्चिमाञ्चलबाट मोर्डन एेरा स्कुल कैलालीका आर.सि.यादब र महिला उपाध्यक्ष्ामा त्रिशक्ती माबि काठमाण्डौकी सानु अमात्य निर्बिरोध निर्बाचित हुनु भएको छ ।महासचिबमा लोयल्टी एकाडेमी काठमाण्र्डौका बिजय सम्बाहाम्फे निर्बिरोध निर्बाचित हुनु भएको छ । महासचिब पदका लागी मनोनयन दर्ता गराउनु भएका बर्तमान महासचिब टि. आर. ढकालले आफनो उम्मेदबारी फिर्ता लिनु भए पछी सम्बाहाम्फे पनि निर्बिरोध निर्बाचित हुनु भएको हो । त्यस्तै कोष्ााध्यक्ष्ामा पुष्प सदन माबि काठमाण्डौका महेश श्रेष्ठ र सह कोष्ााध्यक्ष्ामा महेन्द्र बिद्याश्रम भत्तmपुरका का महेन्द्र प्रसाद मास्के निर्बिरोध निर्बाचित भएका छन् ।त्यस्तै गरी १ महिला सहीत ४ सचिबमा महिला सचिब तफ शिद्धार्थ बिद्या पिठ भक्तपुरकी दिपिका थापा निर्बिरोध हुनु भएको छ । त्यस्तै गरी भ्यालि पब्लीक उच्च माबि काठमाण्डौका क ृष्ण्ा प्रसाद अधिकारी,होली टेम्पल ललितपुरका बिमल थापा,रेडियन्स रिडरर्स एकाडेमी ललितपुरका डि.के.ढुंगाना सचिबमा निर्बिरोध निर्बाचित हुनु भएको छ । सचिब पदका अन्य प्रत्यासीहरु मयुर बोर्डिंग स्कुल कैलालीका हरीहर खरेल,मुनलार्इट उच्च माबि ललितपुरका र्इश्वर बहादुर गुरुंग र अरुण्ाज्योती माबि काठमाण्डौका कुमार घिमिरेले उम्मेदवारी फिर्ता लिनु भएको थियो । उता केन्द्रीय सदस्यहरुमा पुर्बाञ्चलबाट लक्ष्ाु दास रार्इ (भmापा),बाशुदेब न्यौपाने(मोरंग),गोबिन्द लम्साल (भmापा),जागेश्वर यादब(सिराहा),शंकर थापा(सुनसरी),काजीमान पालुंङवा(ताप्लेजुंग), लालसेर रार्इ (उदयपुर),मध्यमाञ्चलबाट सर्लाहीका गोपाल पंजीयार,चितवनका लेखनाथ खनाल, मकवानपुरका ऋष्ाि राम आचार्य,ललितपुरका टंक भट्रार्इ ,दोलखाका सुर्य क ृष्ण्ा श्रेष्ठ,सिन्धुलीका शतिष्ा चन्द्र ढकाल,पर्साका रबि कोर्इराला,काभ्रेका भिमसेन केसी,धादिंंगका गोपाल प्रसाद कंडेल,काठमाण्डौका श्याम मल्ल ठकुरी,दयाराम थापा, भक्तपुरका शिब क ृष्ण्ा श्रेष्ठ पश्चिमाञ्चलबाट रुपन्देहीका यज्ञमुर्ति पाण्डे,राजु गुरुंग,पाल्पाका भेष्ा राज सुबेदी,स्यांगजाका धु्रब प्रसाद शर्मा पंगेनी,पर्बतका यम प्रसाद शर्मा,मध्य पश्चिमाञ्चलबाट बर्दियाका निर्मल उपाध्याय,सुखर्ेतका पुर्ण्ा बहादुर नेपाली र बाँकेका खडग बोहोरा सुदुर पश्चिमबाट कैलालीका भिम राज चपार्इ, तथा महिला बिशेष्ा सदस्यहरुमा सुखर्ेतकी सिता सुबेदी,नवलपरासीकी चित्रकला सुबेदी,मोरंगकी बिमला घिमिरे र भक्तपुरकी राधा देबी श्रेष्ठ र कैलालीकी शान्ति क्ष्ोत्री निर्बिरोध निर्बाचित हनु भएको छ । मनोनयन पत्र दाखिला भैसकेपछी पनि प्रतिनिधीहरुले सहमती जुटार्इ सर्बसम्मत रुपमा नेत ृत्व चयन गर्न सफल भएका हुन् । ३ दिन सम्म चलेको महाअधिबेशनमा ६३ जिल्लाका १ हजार प्रतिनिधी र २ सय पर्यबेक्ष्ाकहरुको उपस्थीती थियो ।
- कार्ड किन्न पर्ने
- कलेज बंक गरेर डिस्कोमा मस्ती
- अरबी घरमालिकको दुर्व्यवहार र शारिरीक शोषण खप्न नसकेर २ नेपाली चेली कतारस्थित नेपाली दूतावासको शरणमा
- समायोजनबारे सेनाले मुख खोल्यो
- अमेरिकामा पनि कटवालको ललकार



del.icio.us
Digg



Post your comment