नारी दिवसको एक शताब्दी
काठमाडौँ, फागुन २५-नारी हकहितको पक्षमा भएगरेका कामहरुको समिक्षा गर्दै विश्वव्यापी रुपमा मनाइँदै आएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने क्रमले आज सय वर्ष पूरा गरेको छ।सन् १९१० मा विभिन्न १७ देशका १०० जना समाजवादी महिलाहरुको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले हरेक वर्ष विश्वभरका महिलाहरुले आठ मार्चलाई महिला अधिकार आन्दोलन दिवसमा रुपमा मनाउन सुरु गरेको यात्राले आज एक शताब्दी पूरा गरेको हो।
सन् १८५७ मा अमेरिकाको गार्मेन्टमा काम गर्ने श्रमिक महिलाहरुले निश्चित कार्य घण्टाको मागसहित गरेको प्रदर्शनलाई विश्वको महिला आन्दोलनको सुरुआतको रुपमा लिने गरिएको छ।
नेपालमा यो दिवस कहिलेदेखि मनाउन थालियो भन्ने ठ्याक्कै मिति नभएपनि विस १९७५ देखि महिला हकहित र अधिकारका कार्यक्रम गर्दै यो दिवस मनाउन थालिएको पाइन्छ।
विस १९७४ मा महिला अधिकारको आन्दोलनलाई अगाडि बढाउन योगमायादेवी सर्दार र दिव्य कोइरालाले नारी जागृती सङ्घ नामक संस्था स्थापना गरेको देखिन्छ।
नेपालमा यो वर्ष "सबैको विकासका लागि समान अवसर र समान अधिकार" भन्ने मूलनाराका साथ विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाउने तयारी भइरहेको छ।
महिलाको हकहित तथा अधिकारका लागि नेपालमा छुट्टै महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, महिला आयोग, महिला विकास कार्यालयलगायका निकाय स्थापना गरिएका छन्।
ऐतिहासिक संविधानसभामा ३३ प्रतिशत अर्थात १९७ जना महिला सभासद्को सहभागिता रहेको छ।
सरकारले महिलाको हक अधिकार सुनिश्चित गर्न विभिन्न कानुन निर्माण गरेर लागू समेत गरेको छ। यो वर्षमात्रै घरेलू हिंसा (सजाय तथा कसुर) विरुद्धको ऐन ल्याइएको छ।
सरकारले जेजस्ता नीति तथा कार्यक्रम ल्याएपनि र राजनीतिक दलहरुले जेजस्ता प्रतिबद्धता व्यक्त गरेपनि नेपालमा ठूलो सङ्ख्यामा महिलाहरु अधिकारबाट बञ्चित रहदै आएका छन्।
- कार्ड किन्न पर्ने
- कलेज बंक गरेर डिस्कोमा मस्ती
- अरबी घरमालिकको दुर्व्यवहार र शारिरीक शोषण खप्न नसकेर २ नेपाली चेली कतारस्थित नेपाली दूतावासको शरणमा
- समायोजनबारे सेनाले मुख खोल्यो
- अमेरिकामा पनि कटवालको ललकार



del.icio.us
Digg



Post your comment