नेपाली पासपोर्टमा कतार पुगे बंगाली
कतार, २२ फागुन । नेपाली पासपोर्ट प्रयोग गरेर, त्यो पनि काठमाडौंकै बाटोबाट बैदेशिक रोजगारीका लागि एक बंगलादेशी युवक कतार आएका छन् । कतार आएपनि ३ दिनसम्म विमानस्थलमा अलपत्र परेर अन्ततः नेपाली दुतावासमा शरण लिन आएका ती युवालाई नेपाल फर्काइएको छ । उनीलाई कतार पठाउने गिरोहवारे छानवीन गरी आवश्यक कारवाही गर्न नेपाली दुतावासले सम्बन्धित निकायहरूका पत्राचार गरेको छ । नेपाली भूमि र नेपाली राहदानी प्रयोग गरी कतार आउन सफल भएका बंगलादेश पवना जिल्ला हाटकलीका २८ बषिर्य नागरिक नजरुल मण्डललाई गत विहिवार दुतावासकै कर्मचारी दिल बहादुर सुनारको निगरानीमा नेपाल फिर्ता पठाइएको राजदुत सूर्यनाथ मिश्रले बताउनुभयो ।
१८ फरवरीमा दोहा अन्तर्रर्ााट्रय विमानस्थलमा उत्रिएका नजरुल मण्डल कागजमा उल्लेख गरिएको कम्पनीको सम्बन्धित व्यक्ति कोहि पनि लिन नआएपछि ३ दिन सम्म भोकै अलपत्र परेका थिए । नेपाली पासपोर्टबाहक भएको खुल्न आएपछि दूतावासका कर्मचारीको सहयोगमा उनलाई नेपाली दूतावासको शरणमा ल्याइएको थियो । उनी नेपाली नागरिक नभई बंगलादेशी हो भन्ने खुल्न आएपछि नेपालबाट उनलाई पठाउने व्यक्तिसंग दुतावास अधिकारीले फोन सर्म्पर्क गरेका थिए । बंगाली बाहेक अन्य कुनै पनि भाषाको ज्ञान नभएका नजरुल मण्डलवारे छानविन गर्न दोभाषेकारुपमा सहकर्मी रवि भट्ट रोषीले सहयोग गरेपछि नेपाली दुतावासलाई उनीवारे थप जानकारीहरू प्राप्त भएको थियो ।बंगलादेशकै बावुल नाम गरेको एक टाढाको परिचित व्यक्तिको सर्म्पर्क मार्फ नेपालको कुनै दलालसंगको मिलीभगतमा धनुषा जिल्ला सिनुरजोडा गाविस-५ का संजीव कुमार मण्डलको २१६१३३५ को राहदानीमा फोटो परिवर्तन गरेर नजरुल मण्डल कतार पठाइएका हुन्
- कार्ड किन्न पर्ने
- कलेज बंक गरेर डिस्कोमा मस्ती
- अरबी घरमालिकको दुर्व्यवहार र शारिरीक शोषण खप्न नसकेर २ नेपाली चेली कतारस्थित नेपाली दूतावासको शरणमा
- समायोजनबारे सेनाले मुख खोल्यो
- अमेरिकामा पनि कटवालको ललकार



del.icio.us
Digg



Buddhi Ram Thapa
Barcelona Spain
Post your comment