Home | Programs | इराकी सेनाद्धारा तीन नेपाली पक्राउ
Newsletter
Email:

इराकी सेनाद्धारा तीन नेपाली पक्राउ

Font size: Decrease font Enlarge font
image इराकको ग्रीन जोनमा तैनाथ सुरक्षाकर्मीहरु

इराकमा कार्यरत तीन नेपाली सुरक्षा गार्ड पक्राउ परेका छन् । अति संवेदनशील क्षेत्र ग्रीनजोनमा फायरिङ गरको आरोपमा ती सुरक्षा गार्डहरुलाई पक्राउ गरिएको इराकी अधिकारीलाई उधृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । पक्राउ परेका नेपाली सुरक्षा गार्डको नाम र ठेगाना भने खुलाइएको छैन । अन्तर्राष्ट्रिय संघ संस्थाहरुको भवन रहेका ग्रीन जोनमा सुरक्षाकर्मीहरु एक समारोहमा व्यस्त रहेको बेला फायरि भएको बताइएको छ ।

पक्राउ परेका ती सुरक्षाकर्मी 'ग्रिन जोन' भित्र रहेको अमेरिकी सञ्चार कम्पनीमा काम गर्ने गरेको बताइएको छ।'आफ्नो हतियार पड्काउने तीन जनालाई घेराबन्दी गरेर पक्रेका छौं, ती सबै नेपाली हुन्'- सेनाका प्रवक्ता कासिम अट्टाले भनेका छन्। त्यसबेला सुरक्षा गार्डहरु पार्टी गरिरहेका थिए- उनले बताए।उनीहरुले गरेको गोली प्रहारबाट कोही पनि घाइते भएका छैनन्- उनले जनाएका छन्।इराकमा १२ नेपाली मारिएपछि नेपाल सरकारले त्यहाँ काममा जान प्रतिबन्ध लगाएको छ।नेपाल सरकारले अवैध भनेको इराकमा बिभिन्न माध्यमबाट सयौं नेपालीहरु सुरक्षागार्ड लगायतका बिभिन्न क्षेत्रमा कार्यरत छन् ।

Subscribe to comments feed Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0