Home | Programs | कुवेतका राजालाई चाहियो गोर्खाली फौज
Newsletter
Email:

कुवेतका राजालाई चाहियो गोर्खाली फौज

Font size: Decrease font Enlarge font
image परेड खेल्दै नेपाली सेनाः फाइल तस्वीर

विश्वमा शान्ति स्थापना कार्यमा लागेर ख्याती कमाएको नेपाली सेनाले अब कुवेतका राजा र राजदरवारको पनि सुरक्षा गरिदिने भएको छ । गोर्खालीका नाममा ख्याती कमाएका नेपाली सैनिकको सुरक्षा माग गर्दै कुवेत सरकारले कुवेतस्थित नेपाली दूतावासमार्फ नेपाल सरकारसँग प्रस्ताव राखेको छ । नेपाल सरकारले वहालवाला सैनिकलाई अवकाश दिई कुवेती राजाको अंगरक्षकमा पठाउने भएको उच्च सरकारी स्रोतले जनाएको छ । कुवेतका अमिर सबाह अल अहमत अल जबर अल सबाहले एक महिनाअघि आफ्नो दरवार सुरक्षार्थ दर्ुइ सय नेपाली सैनिक माग गरेका थिए ।

कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेलले त्यहाँको सरकारसँग छलफल गरि परराष्ट्र मन्त्रालय मार्फ नेपाली सेनाको हेडक्वार्टरलाई प्रस्ताव पत्र पठाउनुभएको थियो । कुवेतमा नेपाली कामदारहरुले पनि अन्य देशका कामदारको तुलनामा धेरै राम्रो काम गरिरहेका छन् । कुवेत विश्वकै पाँचौ ठूलो तेल भण्डार भएको मुलुक हो । नेपाली सेनाले पनि कुवेती राजा र दरवारको सुरक्षाका लागि आफ्ना बहालवाला सैनिकलाई अवकाश दिए पठाउने तयारी गरिरहेको सैनिक प्रवक्ता रमिन्द्र क्षेत्रीले नेपाली टिभीलाई बताउनुभयो । सरकारले निर्ण्र्ाागरेपछि सेनाले सो प्रक्रिया अघि बढाउने उहाँको भनाइ थियो । कुवेती राजाको सुरक्षाका लागि ३५ वर्षउमेर ननाघेको र १५ वर्षम्म नेपाली सेनामा जागिर खाएको व्यक्ति अंगरक्षक बन्न सक्ने प्रस्ताव कुवेत सरकारले राखेको छ । दर्ुइ वर्षा लागि त्यहाँ जाने सैनिककिो तलब मासिक करीव अढाइ लाख हुने छ । केही वर्षघि संयुक्त अरब इमिरेट्सका राजा शैख खालिफा बीन जायद अल नाहयनको माग बमोजिम त्यहाँको दरवारको सुरक्षाका लवागि नेपाली सेनाका ५५ जना सैनिकलाई अवकाश दिएर पठाइएको थियो । ब्रुनाइका सुल्तानले आफ्नो दरवारको सुरक्षामा यसअघि लामो समयदेखि ब्रिटिश गोर्खाका अवकाश प्राप्त सैनिकलाई प्रयोग गर्दै आएका छन् । नेपालीहरु इमान्दार, वफादार र वीर हुन्छन् भन्ने विश्वव्यापी सन्द्येशका कारण खाडी मुलुकमा नेपाली सेनाप्रतिको मोह बढेको हो ।

Subscribe to comments feed Comments (1 posted):

tej kr shrestha on 07/03/2010 10:20:49
avatar
i am doing service in indian army. but i am nepali i am gorkha regiment army.my service has been 10year runing. i have knowledge or experince of all weapons.and i did gone un mission also.
Thumbs Up Thumbs Down
1

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0