Home | Programs | रोममा पुगेपछि खगेन्द्रको उचाइ बढ्यो
Newsletter
Email:

रोममा पुगेपछि खगेन्द्रको उचाइ बढ्यो

Font size: Decrease font Enlarge font
image विश्वकै होचो दावी गरिएका खगेन्द्र थापामगर, फाइल तस्वीर

विश्वकै सबैभन्दा होचो मानिसका रुपमा गिनिज बुक अफ वर्ल्डमा नाम लेखाउनका लागि हाल इटलीको राजधानी रोममा पुगेका नेपालका खगेन्द्र थापा मगरको वास्तविक उचाइ पहिले भनिए भन्दा २ इन्च बढि पाइएको छ । उनलाई २० इन्च अग्लो भनेर प्रचार गरिए पनि उनको उचाइ २२ इन्च भएको पुष्टि भएको छ । उनको तौल भनें ५ केजीनै पुष्टि भएको छ । इटलीको रोममा मंगलवार गरिएको परीक्षणमा खगेन्द्रको उचाइ ५६ सेन्टिमिटर अर्थात २२ इन्च पाइएको हो ।

 दर्ुइ इन्च बढी उचाइ भए पनि उनीनै विश्वका सबैभन्दा होचा व्यक्तिमा रुपमा दर्ज हुने सम्भावना भने यथावतनै रहेको छ । बाग्लुङको थुल्लुबासकोट गाविस वडा नम्बर ६ का १८ वषिर्य खगेन्द्र गत साता गिनिज बुकमा नाम लेखाउन इटली लागेका थिए । रोममा खगेन्द्रसँगै होचो दावी गरिएकी भारतकी १७ वषिर्या किशोरी ज्योती र चीनका पिङपिङको पनि तौल र उचाइ एबम् स्वास्थ्य परीक्षण गरिएको थियो । उनीहरुको तौल र उचाइ बारे भनें केही पनि बताइएको छैन । बिभिन्न सन्चारमाध्यमहरुका अनुसार ज्योतीको उचाइ २३ इन्च र पिङ पिङको उचाइ २९ दशमलव ५ इन्च रहेकाले खगेन्द्रनै सबैभन्दा होचो मानिएका छन् । खगेन्द्र युरो टेलिभिजनको सहयोगमा गिनिज बुकमा नाम लेखाउन गत आइतवार आफ्ना बाबुसँगै रोम प्रस्थान गरेका थिए । उनीहरुलाई रोममा बस्नका लागि प्रवासी नेपाली एशोसियसनका उपाध्यक्ष क्षेत्रकुमार श्रेष्ठले सहयोग गरिरहेको रोमबाट बाबु रुपवहादुरले बताएका छन् ।

Subscribe to comments feed Comments (4 posted):

Buddhi Ram Thapa Magar on 26/02/2010 17:44:01
avatar
Dear Khgendra Thapa Magar all the best. I would like to wish you, May God help you long live and properous in your life. All the best Kagendra!!!
Buddhi
Tanahu Gajarkot VDC#2
Recent:
Barcelona Spain
Thumbs Up Thumbs Down
1
dipesh on 28/02/2010 03:43:19
avatar
dear khagu, i wish you all the best and you ll achieve the prosperity and cheers. i pray for god for you and for our country. best of luck.
berlin germany
Thumbs Up Thumbs Down
0
yuwaraj on 28/02/2010 15:31:03
avatar
well khagendra Magar congraz.
wish u all the best in u life...
london....
Thumbs Up Thumbs Down
0
LAXMI PRASAD POUDEL on 07/03/2010 08:58:12
avatar
Dear,khagendra jee,i will like to visit you in nepal.I am a program presenter (Disability program Nepal Television).my cell no is 9841378999.thanks
Thumbs Up Thumbs Down
0

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0