संवैधानिक समितिको बैठक स्थगित
छलफलका लागि प्रतिवेदन उपलब्ध नभएपछि संवैधानिक समितिको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकमा सदस्यहरुले अन्य समितिका प्रतिबेदनहरु नआउदा सम्म बैठक नबोलाउन सभापतिलाई आग्रह गरेपछि बैठक अनिश्चित बनेको हो ।
सभापति निलाम्बर आर्चायले अन्य समितिका प्रतिबदेन छिटो तयार पारी पर्ठाईदिन संबिधानसभासंग आग्रह गर्दै सबै समितिका प्रतिबेदन प्राप्त भएपछि प्रतिबेदनमा छलफल गर्न कम्तिमा चार हप्ता समय चाहिने बताए । संबिधानसभाको कार्यतालिका अनुसार संबैधानिक समितिले फाल्गुन २१ गते भित्र आफ्नो मस्यौदा प्रतिबेदन बुझाउनु पर्न छ । यसैवीच संबिधानसभाका अध्यक्ष सुवास नेम्वांगले राजनीतिक दललाई संबिधान बनाउने कार्यमा जिम्मेवारका साथ लाग्न आग्रह गर्नु भएको छ । आफ्नै कार्यकक्ष सिंहदरबारमा मंगलबार संचारकर्मीसंग कुरागर्दै उहाँले नयाँ संबिधान जारी गर्ने बिषयमा दलहरुले अग्रसरता देखाउनुपर्ने बताउनुभयो ।
- कार्ड किन्न पर्ने
- कलेज बंक गरेर डिस्कोमा मस्ती
- अरबी घरमालिकको दुर्व्यवहार र शारिरीक शोषण खप्न नसकेर २ नेपाली चेली कतारस्थित नेपाली दूतावासको शरणमा
- समायोजनबारे सेनाले मुख खोल्यो
- अमेरिकामा पनि कटवालको ललकार



del.icio.us
Digg



Post your comment