Home | Programs | सशस्त्रको गाडीमा माओवादी अवरोध
Newsletter
Email:

सशस्त्रको गाडीमा माओवादी अवरोध

Font size: Decrease font Enlarge font
image सशस्त्र प्रहरीका जवानहरु परेड खेल्दैः तस्वीर एएफपी

सशस्त्र प्रहरीको तालिमका लागि बन्दोबस्तीका सामा लिएर आएको ट्रकलाई माओवादीले भारतबाट हतियार भित्र्याउन लागिएको आरोप लगाउँदै धादिङको नौबिसेमा रोक्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको छ । शनिवार रातीदेखिनै माओवादी कार्यकर्ताहरुले नौबिसेमा सशस्त्र प्रहरीको ट्रक रोकेर राखेका थिए । शनिवार विहान नागढुंगामा गाडी रोक्ने प्रयास गरेपछि प्रहरीले लाठी प्रहार गरेको थियो ।

लाठी प्रहारबाट माओवादी सभासद एबं केन्द्रीय सदस्य पुष्पविक्रम मल्ल सहित केही कार्यकर्ता घाइते भएको माओवादीले जनाएको छ । माओवादीले अवरोध गरेको गाडीलाई भने प्रहरीले स्कर्टिक गरेर सशस्त्र प्रहरीको मुख्यालय हलचोक भित्र्याएको छ ।
सशस्त्र प्रहरीले भारतबाट हतियार ल्याएको भन्दै एकीकृत नेकपा माओवादीका कार्यकर्ताले चितवनबाट पिछा गर्दै धादिङको नौबिसेमा गाडी रोकेका थिए । रातभर नौबिसेमा रोकिएको गाडी सशस्त्र प्रहरीले शनिबार विहान बलपूर्वक काठमाडौंतर्फ अघि बढाएको थियो । संयुक्त राष्ट्रसंघ, मानवअधिकारकर्मी र पत्रकारको रोहबरमा गाडी चेकजाँच गर्न माओवादीले माग गरेको थियो । बलपूर्वक गाडी राजधानीतर्फ पठाइएपछि संयुक्त राष्ट्रसंघ, मानव अधिकारकर्मी, पत्रकार र माओवादी नेताहरु नौबिसेदेखि नै गाडीको पिछा गर्दै काठमाडौं हिँडेका थिए । गाडी रोक्ने र छुटाउनेहरुबीचको विवादले स्थिति तनावपूर्ण भएपछि माओवादी केन्द्रीय नेताहरु जनार्दन शर्मा ‘प्रभाकर’, लेखराज भट्टलगायत नेताहरु नौबिसे पुगेका थिए ।

नौबिसेदेखि थानकोटसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो ।वाइसीएल अध्यक्ष गणेशमान पुन ‘रश्मी’ले सशस्त्र प्रहरीले शान्ति सम्झौता बिपरित हतियार र बिस्फोटक पदार्थ ल्याएकाले गाडीहरु नियन्त्रमा लिनुपरेको बताउनुभयो ।सशस्त्र प्रहरीले भने गाडीमा हतियार नभइ बन्दोबस्तीका सामग्रीमात्र रहेको दावी गरेको छ । सशस्त्र प्रहरी बल सुचना शाखाका प्रमुख अजय छत्कुलिले सशस्त्र प्रहरीको तालिम केन्द्र नबलपरासीको बर्दघाटबाट तालिमका लागि आवश्यक सामग्री मात्र ल्याइएको बताउनुभयो । ‘गाडीमा हतियार छैन,’ छतकुलीले भन्नुभयो, ‘नयाँ भर्ना भएका जवानहरुको लागि आवश्यक पर्ने तालिमका सामग्री मात्र छन् ।’ उहाँले कसैले भन्दैमा बिच बाटोमै गाडी देखाउन नमिल्ने जिकीर गर्नुभयो ।

Subscribe to comments feed Comments (1 posted):

govinda thapa on 22/02/2010 22:28:47
avatar
hare bal mattu bhaeka tanasahi YCL sakchhau bhane bharatko khulla simana ko bato aune jane taskari lai roka niyantran ma leu.ke ko desh bhitra ko sena ko kam lai lyaeko gola barud niyantran ma linu paryo?ki ajhai ladne marne bichar ma chhau ki ke ho?YCL ka mustande haru sakchhau bhane budhhi ladau sabhasad bana mantri bana..khali mudhe bal?yo jamana buddhi javi ko jmana ho murkha communist ko jamana gayo.lato desh ma gando tanderi,ke garne yahan murkharu ko sankhya derai bho.sansar ma haraundai gachhan yahan..?
Thumbs Up Thumbs Down
0

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0