कांग्रेसले हतियार बोके माओवादी सिद्धिने
नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले माआवादीलाई दरबारियाले जन्माएको, दिल्लीले हुर्काएको र कांग्रेसले फैलाएको आरोप लगाएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा उनले जंगलमा रहेको माओवादीलाई कांग्रेसले दधिची बनेर सत्तामा पुर्याएको समेत दाबी गरे ।संविधान बनेपछि मात्र शिविरका लडाकुको समायोजन गर्ने माओवादी भनाइले मुलुक फेरि द्वन्द्वमा जाने खतरा रहेको उनले औंल्याए ।
'मलाई लाग्छ, माओवादीले एकपटक क्यान्टोनमेन्टबाट हतियार झिक्छ,' उनले भने- त्यसबेला कांग्रेस पनि हतियार लिएर हिँड्यो भने माओवादीको म पनि रहन्न । तरुण दस्ताले हतियार नबोक्ने भए पनि वाईसीएललाई तह लगाउने उनको दाबी थियो ।
माओवादीको शिविरमा अहिले १३ हजारमात्र रहेको तर १९ हजार जनाको तलब बुझिरहेको उनले बताए । 'त्यो पनि लडाकुले पाएको भए हुन्थ्यो,' उनले भने- माओवादीले भोलि लेबनानमा हविबुल्लाहजस्तो बदमासी गर्न सक्छ ।
रिपोर्टर्स क्लब नेपालको अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा नेता खड्काले माओवादी र उसको दस्ता वाईसीएलको आतंकवादी गतिविधि विरुद्ध लड्न तरुण दस्ता आवश्यक रहेको औंल्याए । 'माओवादीले मुलुकमा शान्तिपर्ूण्ा निकास चाहेको भए वाईसीएल भंग गरिसक्थ्यो,' उनले भने- त्यसलाई टक्कर दिन मैले कांग्रेस केन्द्रीय समितिमा केही दिनमा प्रस्ताव दर्ता गर्दैछु । नेता खड्काले राज्यले अराजकता नियन्त्रण गर्न नसकेको र कांग्रेसका नेविसंघ र तरुण दल लथालिंग भएकाले नयाँ दस्ता चाहिएको स्पष्ट गरे । उनले भने- अब तरुण दल र नेविसंघ विघटन गरिदिए हुन्छ । कार्यकर्ताको अंगभंग हुँदा, सम्पत्ति लुटिँदा र मारिँदा समेत कांग्रेस विज्ञप्ति निकालेर बसेको भन्दै नेतृत्वको आलोचना गरे ।
आफू संविधान घोषणा लगत्तै संसदीय निर्वाचनमा जानुपर्ने भएकाले त्यस अघि नै पार्टर्ीीे बाह्रौं महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको उनले बताए । 'वैशाखको अन्त्यसम्म महाधिवेशन गर्न सके भविष्यमा आउने चुनौतीको सामना गर्न सकिन्छ भन्ने मेरो धारणा हो,' उनले भने- तर प्रजातान्त्रिक पार्टर्ीी बहुमतको निर्ण्र्ाास्वीकार गर्नुपर्छ ।
कांग्रेसमा नेतृत्वको खडेरी नभएको र आगामी महाधिवेशनमा आफू सभापतिमा लड्ने उनले बताए । 'आठ वर्षो गुमनाम जीवनपछि मैले जिल्ला जिल्ला पुगेर साथीहरुको विचार बुझिरहेको छ,' उनले भने- प्रजातान्त्रिक आन्दोलनमा खुनपसिना बगाएको व्यक्तिका नाताले मलाई जुनसुकै पदमा लड्ने अधिकार छ । कांग्रेसलाई मेरो आवश्यकता छ ।
आफू बीपी कोइरालाले पत्याएको मान्छे भए पनि २०५८ सालपछि पार्टर्ीी कुनै भूमिका नदिएको गुनासो गरे । 'म बीपीले पत्याएको मान्छे हुँ, बन्दुक पनि चलाएको छु, जेल र निर्वासन भोगेको छु, जन्मकैद पनि पाएको हुँ,' उनले भने- २०५८ मा भ्रष्टाचारको मुद्दा लगाइएपछि मलाई पार्टर्ीी कुनै भूमिका दिएन ।
कार्यक्रममा कांग्रेस नेता खड्काले आफूलाई सरकारमा एमालेकरण भएको भन्ने विश्वास नभएको र सरकारको विकल्प खोज्ने बेला पनि नभएको बताए । 'कांग्रेसको भागमा स्थानीय विकास, परराष्ट्र, ऊर्जा, स्वास्थ्य जस्ता महत्वपर्ूण्ा मन्त्रालय छन्,' उनले भने- यसमा मन्त्रीहरुको क्षमतामा निर्भर हुन्छ । यति हुँदाहुँदै पनि सरकारमा गृह प्रशासनको प्रभाव हुनु स्वाभाविकै हो । नेपाली कांग्रेसको केन्द्रीय समितिमा सरकारबारे आलोचना नभएको उनको भनाइ थियो ।
उच्चस्तरीय राजनीतिक संयन्त्रले निकास निकाल्ने कुनै विश्वास नभएको उनले बताए । 'यो संयन्त्र भन्ने कुन जन्तु हो -' उनले भने- यसबारे केन्द्रीय समितिमा अहिलेसम्म छलफल भएको छैन । संविधानसभाको म्याद थप्न नहुने उनले बताए । 'संविधानसभाको म्याद थप्ने कुनै आधार छैन, यसको म्यान्डेट २ वर्षमात्र हो,' उनले भने- ६०१ लाई कति दिन पालेर राख्ने -



del.icio.us
Digg



Buddhi Barcelona Spain
Post your comment