झाँक्रीद्धारा रक्षामन्त्रीको राजिनामा माग
एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष रामकुमारी झाँक्रीले आफ्नै पार्टीकी रक्षामन्त्रीलाई सरकारमा बस्ने अधिकार नभएको भन्दै तत्काल राजीनामा दिनुपर्ने बताएकी छिन्। "प्रधानमन्त्रीसँग फरक मत राख्ने र नानाथरी बोल्दै हिंड्नेलाई सरकारमा बस्ने हक छैन।" उनले भनिन, "प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले नै भनेको नमान्ने उनले कसले भनेको मान्ने हुन् त?"
प्रेस चौतारी पाल्पा शाखाले शुक्रबार तानसेनमा गरेको पत्रकार भेटघाटमा झाँक्रीले भनिन् "मियो बिनाको दाईँ हुँदैन त्यसैले मियो उखेल्न खोज्नेलाई नै उखेलेर फालिदिनु पर्छ।" सेनालाई विवादमा ल्याउने काम गरेको भन्दै झाँक्रीले रक्षामन्त्रीले सेनामा राजनीतिकरण गर्न खोजेको आरोप समेत लगाइन्।
सरकार र पार्टीको नेतृत्व गर्नेहरुबाटै संविधान बन्दैन भनेर सार्वजनिक कार्यक्रममा बोल्नु गैरजिम्मेवार अभिव्यक्ति भएको उनको भनाइ थियो। तीन दलीय उच्चस्तरीय संयन्त्रको विरोध गर्नेहरुलाई उनले दक्षिणपन्थीको संज्ञा दिइन्।
माघ १० गतेदेखि अनेरास्ववियुले संविधान निर्माणका लागि देशव्यापी दवावको कार्यक्रम गर्ने उनले बताइन्।



del.icio.us
Digg



Post your comment