प्रचण्डद्धारा टिष्टा र काँगडा दावी
माओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतसँग अब पूरानो आधारमा सम्बन्ध राख्न नसकिने खुलासा गर्नुभएको छ । अथक स्रष्टा शत्तिm लम्सालको अभिनन्दन समारोहलाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका दाहालले सन् १९५० को सन्धी खारेज गरि नयाँ आधारमा सम्बन्धको शुरुवात गर्नुपर्ने बताउनुभयो । उहाँले त्यसो गर्दा नेपालले सुगौली सन्धीअघिको पूर्वमा टिष्टादेखि पश्चिममा काँगडासम्मको भूभाग दावी गर्नुपर्ने बताउनुभयो ।
यद्यपी उहाँ प्रधानमन्त्री भएको बेला भनें भारतीय प्रधानमत्रीसँगको वार्तामा सन् १९५० को सन्धी पुनराबलोकनको प्रस्तावमात्र गर्नुभएको थियो, जुन २०५२ सालमा तत्कालिन एमालेका अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएकै बेला प्रस्ताव गरिसकिएको थियो । सो प्रस्तावमा भारत सहमत भइसकेको छ । सो कार्यत्रmममा बरिष्ठ पत्रकार शत्तिm लम्साललाई अभिनन्दन गरिएको माक्र्सवादी साहित्य प्रतिष्ठानले जनाएको छ ।
- कार्ड किन्न पर्ने
- कलेज बंक गरेर डिस्कोमा मस्ती
- अरबी घरमालिकको दुर्व्यवहार र शारिरीक शोषण खप्न नसकेर २ नेपाली चेली कतारस्थित नेपाली दूतावासको शरणमा
- समायोजनबारे सेनाले मुख खोल्यो
- अमेरिकामा पनि कटवालको ललकार



del.icio.us
Digg



Post your comment