विद्या भण्डारीलाई तत्काल बर्खास्त गर
रक्षामन्त्री विद्यादेवी भण्डारी र भारतीय सेनापति दिपक कपुरको सेना समायोजन विरोधी भनाई नियोजित रुपमै आएको दावी गर्दै एकीकृत नेकपा माओवादीले उनीहरुको अभिव्यत्तिmले नेपालमा युद्धको नगरा बजाएको ठहर गरेको छ । माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले बुधवार आयोजित पत्रकार सम्मेलनमा सेना समायोजनको विरोधमा रक्षामन्त्रीको अभिव्यत्तिmले स्वयं प्रधानमन्त्री माधव नेपाल,सरकार र नेकपा एमालेको धारणालाई समेत खण्डित गरेको बताउनुभयो ।
उहाँले विद्या भण्डारीको अभिव्यत्तिmबारे प्रधानमन्त्री र एमाले पार्टीले तत्काल आफ्नो स्पष्टिकरण दिनुपर्ने माग गर्नुभयो । उपाध्यक्ष वैद्यले शान्ति विरोधी भण्डारीलाई एक मिनेट पनि रक्षामन्त्रीको कुर्सीमा बस्ने अधिकार नरहेको बताउनुभयो । उहाँले रक्षामन्त्रीको अभिव्यत्तिmपछि अब माओवादी सेना समायोजन विशेष समितिमा बस्नुको औचित्य पनि समाप्त भएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्रीले तत्काल भण्डारीलाई बर्खास्त गर्नुपर्ने उहाँको माग थियो ।
- कार्ड किन्न पर्ने
- कलेज बंक गरेर डिस्कोमा मस्ती
- अरबी घरमालिकको दुर्व्यवहार र शारिरीक शोषण खप्न नसकेर २ नेपाली चेली कतारस्थित नेपाली दूतावासको शरणमा
- समायोजनबारे सेनाले मुख खोल्यो
- अमेरिकामा पनि कटवालको ललकार



del.icio.us
Digg



Post your comment