सुरुङ खनेर जेल तोडे कैदीले
कपिलबस्तु कारागारबाट ८ जना कैदी गएराती फरार भएका छन् । जिल्ला सदरमुकाम तौलीहवाको वडा नम्बर ४ मा जिबनगाडीया टोलमा रहेको कारागारको ७ नम्बर कोठाबाट २० मिटर लामो सुरुंग खनी कैदीहरु फरार रहेका हुन् । फरार हुन सफल कैदीहरुमा तर्राईमा शशस्त्र आन्दोलन गरीरहेका भुभिगत संगठन तर्राई संयुक्त जनतान्त्रिक मोर्चाका कमाण्डरहरु राम प्रसाद मौर्य,प्रभु तेली,श्रवण कुमार मुराउ रहेका छन् ।
त्यस्तै गरी अन्यमा लागु औषधको सजाय भोगीरहेका सन्तोष कहार,जबरजस्ती करणीको मुद्धामा सजाय काटीरहेको सन्त कुमार पासी र हातहतियार खजानाको मुद्धामा सजाय पाएका केदार साहनी,स्कुल अन्सारी र बगेदु मुसलमान रहेको कपिलबस्तुबाट पत्रकार किरणमान बज्राचार्यले बताएका छन् । सबै जना मध्यरातमा फरार भए पनि जेल प्रशासनले भने बिहान मात्र जानकारी पाएको थियो ।
Log in
Top Rated
- कार्ड किन्न पर्ने
- कलेज बंक गरेर डिस्कोमा मस्ती
- अरबी घरमालिकको दुर्व्यवहार र शारिरीक शोषण खप्न नसकेर २ नेपाली चेली कतारस्थित नेपाली दूतावासको शरणमा
- समायोजनबारे सेनाले मुख खोल्यो
- अमेरिकामा पनि कटवालको ललकार
Gyanendreee chor des chod
nepalma jahile pani mahango matra hune ta ho ni. netaharu lai khalti bharnu paro ni
Media should be writing news in the other way..I feel. It should not be hightlighted in a wrong way saying that Venerable Tapaswi Ram Bahadur ...
30 barsa dekhi uhi rup uhi man6e mantri vayakale ke desh bikas gar6a vanera aasa garne.. bikas garne vaya ta uhilei hamro des kaha pugi ...
I like all news
Featured author
Rate this article



del.icio.us
Digg



Post your comment