सरकारको नेतृत्व प्रचण्डलेनै गर्ने निर्णय
काठमाडौं । एकीकृत नेकपा माओवादीले पार्टीको नेतृत्वमा सरकार बन्ने अवस्थामा आएमा प्रधानमन्त्री अध्यक्ष प्रचण्डनै बन्ने निर्णय गरेको छ । मंगलवार अकस्मात सम्पन्न माओवादी केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । माओवादी उपाध्यक्ष बाबुराम भट्टर्राईलाई प्रधानमन्त्री बनाउन भारतले दबाब दिएको भन्ने अध्यक्ष प्रचण्डको भनाइ सार्जनिक भए लगत्तै माओवादीको बैठकले प्रचण्डलाईनै प्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।
केन्द्रीय कमिटी बैठकका निर्ण सार्जनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले पार्टीको आन्तरिक बैठकमा आफूले बोलेका कुरालाई मिडिया बंग्याएर प्रस्तुत गरेको आरोप लगाउनुभयो । उहाँले पार्टीभित्र कुनै अन्तरविरोध नरहेको समेत स्पष्ट पार्नुभयो । पत्रकार सम्मेलनमा माओवादी उपाध्यक्ष भट्टर्राईले अध्यक्ष प्रचण्डको भनाइ भनेर आएको समाचारले आफू मर्माहत भएको बताउनुभयो । उहाँले त्यो समाचार आफ्नो चरित्रहत्या गर्ने उद्धेश्यले आएको बताउनुभयो । उहाँ निकै निराश र मलिन अनुहार प्रस्तुत हुनुभएको थियो ।



del.icio.us
Digg



Post your comment