माओवादी विरुद्ध राष्ट्रपति समक्ष उजुरी
प्रधानमन्त्री माधवकुमार नेपालले आइतबार साँझ राष्ट्रपति डा. रामवरण यादवसँग भेट गर्नुभएको छ । प्रधानमन्त्री नेपालको यो नियमित भेट हो । भेटका अवसरमा प्रधानमन्त्री नेपालले आफ्नो हालै सम्पन्न चीन भ्रमणका बारेमा राष्ट्रपति डा. यादवलाई जानकारी गराउनुभएको थियो । चिनीयाँ उच्च राजनीतिक नेतृत्वसँग भएका कुराकानी र त्यस अवसरमा भएका समझदारीहरुका बारेमा त्यस अवसरमा कुराकानी भएको थियो । राष्ट्रपति डा. यादवलाई प्राप्त चीन भ्रमणको निम्ताका बारेमा पनि प्रधानमन्त्री नेपालले जानकारी गराउनुभएको थियो ।
मुलुकको वर्तमान अवस्थाका बारेमा पनि उहाँहरुका बीचमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले बताउनुभयो । शान्ति प्रक्रियालाई छिटो र्सार्थक निष्कर्षा पुर्याउन संविधान निर्माण गर्ने वातावरण बनाउन आफूले प्रयत्न गरिरहे पनि माओवादीबाट अपेक्षित सहयोग प्राप्त नभएको प्रधानमन्त्री नेपालले बताउनुभएको थियो । 'मैले आजै मात्र विशेष समितिको बैठक बोलाएको थिएँ तर उनीहरु -माओवादी) आएनन्'- प्रधानमन्त्रीको कथन थियो ।



del.icio.us
Digg



Post your comment