कांग्रेसको निर्णयमा झलनाथको खेद
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले काग्रेस दक्षिणपन्थी राजनैतिक शक्ती भएको र सामन्तबादलाई छोडन नसकेको बताउदै काग्रेस संसदिय दलको निर्णय प्रति खेद ब्यक्त गर्नु भएको छ । बाक्लो हुस्सुका कारण हवाई उडान हुन नसके पछि काठमान्डौबाटै टेलिफोन मार्फ एमाले बाँकेको छैठौ जिल्ला अधिबेशनलाई सम्बोधन गदै खनालले काग्रेस संसदिय दलको निर्णय प्रति टिप्पणी गर्दै काग्रेसले अझै पनि सामन्तबादसंग नाता तोड्न नचाहेको बताउनु भयो ।
संबिधान निर्माणमा काग्रेसको यथास्थितिबाद र माओबादीको उग्रबाद बाधक रहेको भन्ने आफ्नो भनाईलाई दोहोराउदै अध्क्षय खनालले शान्ति प्रकृयालाई पुरा गर्न र समयमै संबिधान जारी गर्न प्रमुख राजनीतिक दलहरु बिच सहमतीको बिकल्प नभएको बताउनु भयो । एमालेले आगाडि सारेको साझा सकल्प प्रस्ताब बाट सहमति निस्कने भए पनि काग्रेस र माओबादी सहमतीका लागि बाघक देखिएको उहाँको भनाई थियो ।
मुलुक संक्रमणकालमा रहेकाले प्रत्रि्रान्तीकारी शक्तीहरुले समयमै नयाँ संबिधान र शान्ती प्रक्रियालाई पुण हुन नदिने प्रमुख राजनीतिक दलहरुलाई फुटाउनका षडयन्त्र गरि रहेको बताउदै समयमै सजक हुन आग्रह गर्नु भयो ।
दर्ुइ दिन सम्म चल्ने अबिधेशनमा जिल्लाभरका ७ सय ९८ प्रतिनिधिहरुले भाग लिने र नयाँ नेतृत्व चयन हुने एमाले बाकेले जनाएको छ ।



del.icio.us
Digg



Great stuff as usual...
Post your comment