Home | Programs | प्रधानमन्त्रीद्धारा सुजातासँग जवाफ माग
Newsletter
Email:

प्रधानमन्त्रीद्धारा सुजातासँग जवाफ माग

Font size: Decrease font Enlarge font
image प्रधानमन्त्रीको स्वागतमा सुजाता कोइराला: फाइल तस्वीर

संघियता विरोधी अभिव्यक्ति दिएकी उपप्रधान एवम् परराष्ट्रमन्त्री सुजाता कोइरालासँग प्रधानमन्त्री माधबकुमार नेपालले आज स्पष्टिकरण लिनु भएको छ । संवैधानिक समितिको बैठकमा सहभागी हुन सिंहदरबार पुग्नु भएका प्रधानमन्त्री नेपालले सञ्चारकर्मीकै अगाडि उपप्रधानमन्त्री कोइरालासँग सार्बजनिक रुपमा स्पष्टिकरण लिनु भएको हो ।


आफूसँगै रहेकी उपप्रधानमन्त्री कोइरालालाई प्रधानमन्त्री नेपालले भन्नुभयो, ‘तपाईंले यो किन भन्नु भएको हो ? पत्रकारहरुले मसँग जवाफ मागीरहेका छन् । तपाईं आफै यो विषयमा प्रष्ट पार्नुस् ।’ प्रतिउत्तरमा मन्त्री कोइरालाले ‘प्रधानमन्त्रीले भन्नु भो होलानी’ भन्दै सञ्चारकर्मीसँग तर्कीएर हिँड्नुभयो ।

सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रधानमन्त्री नेपालले सरकार अन्तरिम संविधानअनुसार चल्ने स्पष्ट पार्दै संघीयता विरोधी उपप्रधानमन्त्रीको भनाई सरकारको धारणा नभएको प्रतिकृया दिनुभयो ।

कोइरालाले शनिबार राजधानीमा आयोजित साक्षात्कारमा संघियतामा जानु गल्ति भएको भन्दै यो विषयमा जनमत संग्रह गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

Subscribe to comments feed Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0