Home | Programs | तराइमा पनि चीसो, जनजीवन कष्ठकर
Newsletter
Email:

तराइमा पनि चीसो, जनजीवन कष्ठकर

Font size: Decrease font Enlarge font
image अत्यधीक चीसो बढेपछि सडकमै आगो ताप्दै नेपालगन्जका बासिन्दा

नेपालगन्ज र आसपासका क्षेत्रमा आज विहानै देखि लागेको बाक्लो हुस्सुका कारण चिसो अत्याधिक बढेको छ । बाक्लो हुस्सु र अत्याधिक चिसोका कारण पश्चिम नेपालको जनजीबन प्रभाबित भएको छ । हुस्सुका कारण सडकमा हिड्दा ५० मिटरको दुरी सम्म पनि नदेखिने भएपछि सवारी साधन चलाउन समेत अप्ठेरो भएको छ । जाडोका कारण सडकमा सवारी साधन पनि कमै गुडेका छन् । पैदल हिड्ने यात्रुको संख्या पनि अत्यन्तै न्युन छ ।


चिसो बढे पछि नेपालगन्ज, कोहलपुर, बर्दियाको गुलरीया वजारमा पसलहरु पनि कम खुलेेका छन् । बांकेको रांझा स्थित मौसम विज्ञान विभागको फिल्ड कार्यालयले यो वर्षै अत्याधिक चिसो बढेको जनाएको छ । नेपालगन्जको तापक्रम  ४ ड्रि्री सेल्सीयस पुगेको छ  अत्याधिक चिसो कारण शहरका बिभिन्न स्थानहरुमा र्सब साधारणहरुले आगो ताप्न थालेका छन । जाडोमा बालबालिका, बृद्धबृद्धालाई असर गर्न सक्ने भन्दै जिल्ला जनस्वास्थ्य कार्यालयले सावधानी अपनाउन अनुरोध गरेको छ ।
यसै बिच बाक्लो हुस्सुका कारण  पश्चिम नेपालको नेपालगंज  र र्सखेत बिमानस्थलबाट  आज कुनै उडान भएन ।
बाक्लो हुस्सुका कारण बिमान स्थल  स्थल नखुलेका कारण नखुलेका कारण नेपालगन्जबाट राजधानी लगायत मध्य पश्चिमका दर्ुगम जिल्लाहरुमा हुने कुनै पनि उडान  नभएको उड्डयन कार्यालय नेपालगन्जलले जनाएको छ ।

Subscribe to comments feed Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0