पक्षघात पिडीतलाई कम्प्युटर सहयोग
मोटरसाईकल दुर्घटनामा मेरुदण्ड पक्षघातबाट पिडीत एक युबालाई बेलायतमा बस्ने नेपालीले कम्प्युटर सहयोग गरेका छन पर्वतको शिवालय ४ घर भई बेलायतमा बस्ने पुरन गिरी र नारायण गिरीले लायन्स क्लव अफ शिवालय कुश्मा मार्फत पक्षघात पिडीत युबराज शर्मालाई कम्प्युटर हस्तान्तरण गरेका हुन ।
पर्वतको आर्थर गाबिस घर भई शिवालय ४ मा बस्दै आएका २७ बर्षिय युवराज शर्मा २०६५ साल भाद्र १५ गते चितवनको भरतपुरमा मोटरसाईकल दुर्घटनामा पर्दा मेरुदण्ड पक्षघात भएको थियो । ब्यबस्थापनमा स्नातकोत्तर शर्माले स्थानिय मंगलापुर उच्चमाबिमा शिक्षक पदमा कार्यरत हुनुहुन्थ्यो ।
मेरुदण्डमा चोट पुगेपछि अशत्तm अवस्थामा रहेका शर्माको घाँटी भन्दा तलको भाग चल्दैन । बन्द कोठाभित्र रहेका शर्मालाई बाहिरी संसार संग जोड्न सहयोग हुने भएको कारण सो ल्यापटप प्रदान गरिएको पुरन गिरीका पिता कलाधर गिरीले बताउनुभयो । शरीरको कुनै पनि भाग नचल्ने भएपछि खाना खाने, दिशापिसाब गराउने लगायतका कार्य अरुले नै गरिदिनुपर्ने अबस्था छन । हातका औला बाहेक बाँकी हात चल्ने भएकाले औलामा एक प्रकारको डिभाईस लगाएर कम्प्युटर चलाउन सक्ने अबस्था हुन्छ ।
एउटा होनाहार युवा कोठामा साँगुरिएर बस्नु परेको अवस्थामा कम्प्युटर प्रबिधिको माध्यमबाट बाहिरी संसार संग नजिकिने अवसर प्राप्त हुने भएकोले उहाँलाई सहयोग गरिएको लायन्स क्लब अफ शिबालयका अध्यक्ष लेखनाथ उपाध्यायले बताउनुभयो । पर्वत वेलफेयर सोसाइटी पर्वतका अध्यक्ष समेत रहेका गिरीको संयोजनमा नारायणस्थान स्थित जनताधन उच्चमाबिमा अध्ययनरत दृष्टिबिहीनहरुलाई कम्प्युटर, स्टिक समेत लायन्स क्लब अफ शिबालय मार्फत हस्तान्तरण गरिएको थियो ।



del.icio.us
Digg



Post your comment