Home | Programs | दुइ प्रधानमन्त्रीबीच सम्झौता
Newsletter
Email:

दुइ प्रधानमन्त्रीबीच सम्झौता

Font size: Decrease font Enlarge font
image चीनिया जनमुक्ति सेनाको सलामी ग्रहण गर्दै प्रम नेपाल

चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री माधवकुमार नेपाल र चिनियाँ प्रत्रानमन्त्री वीन जियाबाओबीच आर्थिक सहयोग बढाउने सहमति सहित भेटवार्ता सकिएको छ । आज दिउसो बेइजिङको ग्रेटहल अफ दी पिपुलमा भएको भेटवार्तामा भेटवार्तामा नेपाललाई १५ करोड युयानको आर्थिक तथा प्राविधिक सहयोग १ करोड युयान दिने सहमति भएको छ ।

त्यस्तै मानव संसाधन र प्रशिक्षण परियोजना चीन विकास ब्याङ्क र नेपाल राष्ट्र ब्याङ्कबीच आर्थिक कारोबार र युथ एक्स्चेन्जमा पनि सहमति भएको छ । आज दुईपक्षियबीच हस्ताक्षर हुने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहाकार राज भट्टराइले जानकारी दिनुभयो ।  
भेटवार्तामा दुई देशबीचको सम्बन्ध र चीनले नेपाललाई गर्न सक्ने सहयोगका अन्य विषयहरुमा पनि छलफल भएको छ । आजै प्रधानमन्त्री चिनियाँ प्रधानमत्रीले दिने रात्री भोजमा सरिक हुनुहुनेछ । यसअघि प्रधानमन्त्री नेपालले चीनमा रहेको विश्वप्रसिद्ध ग्रेटवाल भ्रमण रद्द गरी तियानमेन स्क्वायरमा रहेको माओत्सेतुङको समाधिस्थलको भ्रमण गरेका थिए । उनले माओत्सेतुङको समाधिस्थलमा पुगेर पुष्पगुच्छा चढाएर श्रद्धााजली अर्पण गरेका थिए । यसपछि प्रधानमन्त्रीले नेपालका राष्ट्रिय विभूति अरनिकोले बाह्रौँ शताब्दीमा बेइजिङमा निर्माण गरेको श्वेतस्तूपको अवलोकन भ्रमण पनि गरेका छन् ।
गत शनिबार चीन भ्रमणका लागि प्रस्थान गरेका प्रधानमन्त्री नेपाल सिआन हुँदै सोमबार राजधानी बेइजिङ पुगेका हुन् । प्रधानमन्त्री नेपालसँगै उनकी पत्नी गायत्री उप-प्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री सुजाता कोइराला अर्थमन्त्री सुरेन्द्र पाण्डे उर्जामन्त्री डा। प्रकाशशरण महत परराष्ट्रसचिव मदनकुमार भट्टराई अर्थसचिव रामेश्वर खनाललगायत पनि चीन भ्रमणमा छन् । प्रधानमन्त्री नेपाल बिहीबार साङ्घाई हुँदै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

Subscribe to comments feed Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0