Home | Programs | अनमिनको म्याद थप्ने मन्त्रिपरिषदको निर्ण्र्ाा
Newsletter
Email:

अनमिनको म्याद थप्ने मन्त्रिपरिषदको निर्ण्र्ाा

Font size: Decrease font Enlarge font
image

मन्त्रीपरिषद् बैठकले राष्ट्रसंघिय राजनीतिक मिसन अनमिनको म्याद ४ महिना थप गर्ने निर्ण्र्ाागरेको छ । बिहीबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले मुलुकको शान्ति प्रकृया र संविधान लेखन जारी रहेकोले मिसनको म्याद थप गर्ने निर्ण्र्ाागरेको हो ।

त्यसैगरी बैठकले नोबेल शान्ति पुरस्कारका लागि नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नाम प्रस्ताव गर्ने निर्ण्र्ाासमेत गरेको छ । बैठकले केही राजनीतिक नियुक्ति र बढुवा समेत गरेको छ । कृषि सामाग्री संस्थानको महाप्रबन्धकमा मोहम्मद सिद्धीकीलाई नियुक्त गरेको छ भने नेपाली सेनाका रथि तोरणजंबहादुर सिंहलाई बलाधिकृतमा बढुवा गर्ने निर्ण्र्ाापनि गरेको छ । त्यसैगरी नेपाली सेनाको लोकतान्त्रीकरण गर्न ५ सदस्यीय समिति गठन गर्ने निर्ण्र्ाागरेको छ । रक्षामन्त्री विद्यादेवी भण्डारीको संयोजकत्वमा पाँच जना मन्त्रीहरुलाई सदस्य तोकिएको छ । त्यसैगरी आर्थिक तरलताको अध्ययन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाको संयोजकत्वमा एक समिति गठन गरेको प्रवक्ता तथा सुचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले जानकारी दिनुभयो । बैठकले केही महिना अघि सहकर्मीबाटै बलात्कृत अछामकी महिला प्रहरी जवान सुन्तली धामीको घटनाको छानबीन गर्न एक समिति समेत गठन गरेको छ । त्यसैगरी आगामी शनिबारबाट हुने प्रधानमन्त्री माधवकुमार नेपालको चिन भ्रमणकबा एजेण्डा समेत तथ गरेको छ । भ्रमणमा १५ जना सरकारी खर्चमा र १६ जना नीजि क्षेत्रबाट जाने समेत बताइएको छ । त्यसैगरी केही दिन अगाडी अज्ञात समुहको आक्रमणबाट घाइते हुनुभएकी रुकुमकी पत्रकार टीका विष्टलाई ३ लाख रुपैयाँ उपचार खर्च दिने समेत बैठकले निर्ण्र्ाागरेको छ ।

Subscribe to comments feed Comments (3 posted):

Pandora Flip Flop Charm on 27/07/2011 09:09:54
avatar
i gotta say... that's the cutest picture i've ever seen...
Thumbs Up Thumbs Down
0
Hester on 09/12/2011 22:15:49
avatar
I'm so glad that the inetnert allows free info like this!
Thumbs Up Thumbs Down
0
Adonica on 11/12/2011 03:02:20
avatar
Great hammer of Thor, that is poewfrully helpful!
Thumbs Up Thumbs Down
0

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
0