डेनमार्क जानुअघि राष्ट्रपतिको आशिर्वाद
जलबायु परिवर्तनसम्वन्धी राष्ट्रसंघीय सम्मेलनमा भाग लिन जान लाग्नुभएका प्रधानमन्त्री माधवकुमार नेपाल र राष्ट्रपति डा. रामवरण यादववीच भेटवार्ता भएको छ ।साँझ ६ बजेपछि राष्ट्रपति निवास शितलनिवासमा भएको भेटवार्तामा प्रधानमन्त्रीले भ्रमण र नेपालले तय गरेका एजेण्डाबारे जानकारी गराउनुभएको बताइएको छ ।सो अबसरमा राष्ट्रपतिले माओवादीले आजदेखि सुरु गरेको गणराज्य घोषणा र त्यसले पार्ने प्रभावबारे प्रधानमन्त्रीसंग जानकारी लिनुभएको शितलनिवास स्रोतले जनाएको छ । आफुले प्रचण्डलाई गणराज्य घोषणा फिर्ता लिन आग्रह गरेपनि उनले नमानेको प्रधानमन्त्रीले स्पष्टीकरण दिनुभएको थियो ।
प्रधानमन्त्री र राष्ट्रपतिवीच बैखाश २० को राष्ट्रपतिको कदमबारे दलहरुवीच हुन लागेको सहमतिमा कस्तो भाषा राख्ने भन्ने बिषयमा पनि सामान्य परामर्श भएको बताइएको छ । राष्ट्रपतिको कदम गलत भन्ने वा नभन्ने बिषयमा दलहरुवीच कुरा मिल्न नसक्दा तीन दलवीच बनाउने भनिएको सहमति खाकापनि अलपत्र परेको छ ।



del.icio.us
Digg



Post your comment