Home | Programs | कालापत्थरदेखि कोपेन्हागेनसम्मको यात्रा
Newsletter
Email:

कालापत्थरदेखि कोपेन्हागेनसम्मको यात्रा

Font size: Decrease font Enlarge font
image डेनमार्कको संसद भवन अगाडी प्रदर्शन गर्दै नेपाली आरोही हरुका साथमा नेपाली टीभीका सम्वाददाता मात्रिका पौडेल, तस्विर सुभम प्रधान

मात्रिका पौडेल, कोपेन्हागेन \ कोपेन्हागेनमा भेला भएका संसारका ५० हजार भन्दा वढी मान्छेहरुका लागि शुक्रवार सम्म नेपाल कुनै महत्वको टपिक थिएन. तर जब चन्द्र सुर्य अङ्कित नेपालको रष्ट्रिय झन्डा डेनिस संसद अगाडिको सडकमा फहरायो, एकाएक संसारले एकपटक नेपालतिर नजर नलागे सुखी पाएन. सुरक्षाको हिसाबले डेनिस संसद अगाडिको क्रिश्चिहंबर्ग सडक सबैभन्दा संवेदनशील भाग हो. विरलै मात्र जुलुस हुने यस्तो ठाउमा एकाएक गोर्खाली हरुको जुलुस निस्कियेपछी एकछिन त डेनिस हरु पनि चकित भए.

'मेरो लागि यो नसोचेको घटना भयो, तर नेपालको झन्डा मेरो लागि नया थिएन किनकि मा यसभन्दा अगाडी नेपाल गैसकेकी हुनाले जब नेपालको झन्डा हल्लिन थाल्यो मैले आफुलाई नरोकी रहन सकिन, मलाई पनि सेभ द हिमालय भन्न मन लग्यो' डेनमार्क विश्व विद्यालयमा प्राध्यापक रहेकी क्रिष्टिना मारायोले भनिन. हुन पनि कोपेन्हागेनको पार्लियामेन्ट स्क्वायरमा फहराएको नेपाली झन्डा, यो नेपाली शिर उचाली संसारमा लम्कन्छ भन्दै गुन्जिएको नेपाली गित अनि सेभ द हिमालय भन्दै उर्लेको गगनभेदी नाराले कोपेन्हागेनमा मिनी नेपाल उपस्थित भएको थियो . नेपाल सरकारको आयोजनामा भएको सगरमाथा आरोहीहरुको जुलुस वास्तवमै विश्व समुदायका लागि आकर्षण समेत बन्यो. कीर्तिमानी आरोही आप्पा शेर्पा, मिनबहादुर शेरचन, समाबेशी महिला सगरमाथा आरोहण दल सहित पहिलो लिम्बु महिला पर्वतारोही जुनिता सुब्बा पनि त्यो जुलुश मा सहभागी थिए.हिमाल आरोहणको बेला लगाउने पोशाक सहित  बिश्व कीर्तिमानी आरोही हरु कोपेन्हागेनको सडकमा निस्कदा त्यसको रौनाकनै अर्को थियो. देशबाट टाढा भएका बेला आफु बसेकै ठाउमा सानो नेपाल पाउदा गैर आवासीय नेपालीहरु पनि दङ्ग थिए. 'आज मलाई मेरो देश पुगेको अनुभूति भयो, कलेज पढेका साथी देखि देशका मन्त्रि र आरोहीहरुलाई भेट्न पाउदा खुसीको सिमा रहेन, आफूलाई पनि नेपाली हु भनेर गर्व गर्न मन लग्यो ' विगत ५ वर्षदेखि डेनमार्कमा विद्यार्थीका रुपमा रहेका झापाका संतोष पोख्रेलले एकै सासमा आफ्नो अनुभूति सुनाए. नेपाल सरकारका चारजना मन्त्रीहरु समेत सहभागी बनेको आरोहीहरुको जुलुसले विश्वका विशेषगरी अति विकसित मुलुकहरु जसले सवै भन्दा धेरै कार्वन उत्सर्जन गरेर हिमाल्हारुलाई समेत खतरामा परि रहेका छन् तिनीहरुलाई चोटिलो संदेश दिएको छ . नेपालले गर्दै नगरेको अपराधको भागीदार हुनुपरेको पिडा समेत अन्तर्राष्ट्रिय समुदायलाई सुनाउन प्रयास गरेको छ . कोपेन्हागेनाका सडकमा उत्रिएका नेपालीहरुलाई नजिकबाट नियालिरहेकाहरुले कति बुझे त्यो अलग्गै लेखा जोखाको विषय हुन सक्छ तर हालसालै मात्र सगरमाथाको आधार शिविर कालापत्थरमा मन्त्रिपरिषद बैठक राखेर नेपालले कोपेन्हागेनको यात्रा तय गरेको तथ्यलाई बिर्सन हुदैन. नेपाल सरकारले कालापत्थर बाट गरेको १० बुदे सगरमाथा घोषणाले जलवायु परिबर्तनक कारक देशहरुलाई अनुरोध मिश्रित संदेश दिई सकेको छ . आब हेर्न बाकी छ कोपेन्हागेनमा नेपालले आफ्नो त्यो सन्देशलाई कसरि महाशाक्तिहरुको कान सम्म पुर्याउन सक्छा, त्यसलेनै कालापत्थर देखि कोपेन्हागेंसम्मको नेपालको यात्रालाई तराजुमा राखेर तौलन मार्ग प्रशस्त गर्ने छ .

Subscribe to comments feed Comments (0 posted):

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
2.00