Home | Programs | बलात्कृत महिला प्रहरी संसदमा सार्वजनिक
Newsletter
Email:

बलात्कृत महिला प्रहरी संसदमा सार्वजनिक

Font size: Decrease font Enlarge font
image सहकर्मीबाट बलात्कृत महिला प्रहरी सुन्तली धामी पीडा पोख्दै

अछाम जिल्ला प्रहरी कार्यालयभित्रै आफ्नै सहकर्मीहरुबाट बलात्कृत भएकी प्रहरी हवल्दार सुन्तली धामी मंगलवार पहिलो पटक र्सार्वजनिक भएकी छिन् । दशैंको नवमीका दिन बलात्कृत भएकी भनिएका सुन्तली धामी संसदको महिला, बालबालिका र समाजकल्याण समितिमा र्सार्वजनिक भएकी हुन् । समितिको मंगलवारको बैठकमा पीडित महिला प्रहरी धामी र उनको पक्षमा वकालत गरेपछि सरुवा भएकी प्रहरी नायव महानिरीक्षक डिआइजी पार्वती थापा मगरले अछाम बलात्कार घटनाको जानकारी गराएका हुन् ।

 सभासदहरु समक्ष आफू बलात्कृत हुँदाको घटना सुनाउँदै सन्तुलीले आफूलाई चरेश मिसाइएको मासु खुवाएर ३ जना प्रहरीले सामुहिक बलात्कार गरेको बताएकी थिइन् । आफूमाथि भएको सामूहिक बलात्कारका दोषीलाइ प्रहरी अधिकृतहरुले नै संरक्षण दिएको सुन्तलीको आरोप थियो । घटनाका बारेमा जानकारी गराउंदा जिल्ला प्रमुख ढकवहादुर थापाले उल्टो आफैंलाइ कारवाही गर्ने धम्की दिएको सुन्तलीले समिति समक्ष बताएकी छिन् । बयान दिदा दिदै रुन थालेकी सुन्तलीले दोषीमाथि हदैसम्मको कारवाही नभएमा आफूमाथि न्याय नहुने बताइन् । सो बैठकमा स्पष्टिकरण दिनुहुंदै प्रहरी नायब महानिरीक्षक पार्वती थापा मगरले आरोपित ६ जना विरुद्ध मुद्दा दर्ता गरिएको भन्नुभयो । प्रहरीको कारवाही पछि उनीहरुको स्वत निलम्बन भएको उहांले जानकारी दिनुभयो ।

Subscribe to comments feed Comments (3 posted):

Rabin Shrestha 'Chanchal' Doha Qatar on 23/03/2010 17:38:14
avatar
aafno sahakarmilai nai tyesto amanabiya kam garne tyehi pani prahari jasto rastrasebak le yo jasto ghrinit kam k nai huna sakchha ra rastrako sewas garchhu bhanera kam ma yesto kam garne ra garekolai sajaye nagarne prasasan le k rastra ko sewa garchha ra?
Thumbs Up Thumbs Down
1
Bhanu Raj Thapa 'neerogee' sikkim India9434143265 on 08/06/2010 09:36:04
avatar
janti ko Rakshak kailai panee Bakshak hunu hudaina......
Thumbs Up Thumbs Down
0
g,b dangol moscow on 14/06/2010 08:38:04
avatar
sayed nepal sarkar le kunai pani mahila la mathi yesto bebhar garne balatkar garne lai mriutu danda deye dhekhi sayed yesto ghin lagdo kam garne thiyena hola, tara kina didai na? yesto sajaye. tara malai lag6 katai afai nai parren6 ki vanne darle ta haina ?
Thumbs Up Thumbs Down
0

Post your comment comment

Please enter the code you see in the image:

Nepali TV

Log in
Featured author
  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Tags
No tags for this article
Rate this article
1.00